बैतडीमा चितुवाको आक्रमणबाट एक वृद्दा गम्भिर घाईते

Posted on: 20 Apr, 2018

नरी बडु/बैशाख ७ बैतडी | चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक वृद्दा  गम्भिर घाईते भएका छन् । 


घाईते हुनेमा मेलौली नगरपालिका–८ कोटिगाँउकी ६७ बर्षिया डिगरी देवी विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

गएराती १ बजे घरभित्रै सुतिरहेकी वृद्दालाई झ्यालवाट भित्र पसेको चितुवाले आक्रमण गरेको हो । घाईते डिगरीको टाउकोमा गम्भिर चोट रहेको छ । चितुवाले २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ ।

प्रसासनले धेरैपटक चितुवा मार्नका लागी तल्लोस्वराडमा प्रहरी र वनरक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकि फर्किने गरेको छ । गत फागुन १४ गते राती मात्रै मेलौली नगरपालिका–९ रोकटाका डेढ बर्षिय बालक गणेश बहादुर चन्दलाई आफ्नै घरकै भान्छा कोठामा रहेका बेला चितुवाले आक्रमण गरी गम्भीर घाईते बनाएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!