वन डढेलो नियन्त्रण सचेतना कार्यक्रम

Posted on: 20 Apr, 2018

वैशाख ७, नवलपरासी | गर्मी याम लागेसँगै हुन सक्ने वन डढेलो रोक्नको लागी वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम आज कावासोतिमा सम्पन्न भएको छ ।  

जिल्ला वन कार्यालय नवलपरासीको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतिले एक दिने कार्यक्रमको आयोजना गरी वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना प्रशिक्षण प्रदान गरेको छ ।

विभिन्न ५ स्थानमा गर्ने कार्यक्रम अन्तर्गत आज कावासोतिमा भएको कार्यक्रममा कावासोति क्षेत्रको तिनवटा सामुदायीक वनका उपभोक्ता समीतिहरुको सहभागिता रहेको कार्यक्रममा रेडक्रस उपशाखा कावासोतिका उपाध्यक्ष वेद प्रसाद न्यौपाने तथा सेक्टर वन कार्यालयका फरेस्टर हेमन्त यादवले सहजीकरण तथा प्रशिक्षण दिनुभएको थियो ।

सिंह निवास सामुदायीक वन, शिव सामुदायीक वन तथा मनकामना सामुदायीक वन उपभोक्ता समीतिका ३० जना सहभागि कार्यक्र्रममा वन डढेलो लाग्नुपुर्व डढेलो रोकथाम गर्ने उपाय र डढेलो लागीसकेपछि विपद व्यवस्थापन गर्ने उपायको बारेमा प्रशिक्षण प्रदान गरीएको थियो ।

नेपाल रेडक्रस सोसाइटि उपशाखा कावासोतिका सभापति ऋषीराम कडेलको सभापतित्वमा भएको कार्यक्रममा सदस्य खगिसरा गुरुङको स्वागत मन्तव्य रहेको थियो ।

नेपाल रेडक्रस उपशाखा कावासोतिका पुर्व सभापति योग प्रसाद शर्मा रिजालकोको धन्यवाद मन्तव्य रहेको कार्यक्रमको संचालन सदस्य अमृता सिग्देलले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!