बैतडीमा नदी तर्ने क्रममा चिप्लिएर एकको मृत्यु

Posted on: 25 Apr, 2018

वैशाख १२ बैतडी | चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु भएको छ । 

बैतडीको डिलासैनी गाउँपालिका–३ पंशेरा भन्ने ठाउँमा चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर सोही ठाउँका ३० वर्षीय धिरज बोहराको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!