तीन हजार बढि पशुपंक्षिको स्वास्थ्य परिक्षण

Posted on: 29 Apr, 2018

शंकर केसी | वैशाख १६, सल्यान । जिल्ला पशु सेवा कार्यालयले आइतबार कपुरकोट १ दहवनमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । एकदिने शिविरबाट ९० घरधुरिले सेवा प्राप्त गरेको कार्यालयले जानकारि दिएको छ । 

शिविरमा एक हजार तीनसय ५५ बाख्रा, एक हजार एक सय ७७ कुखुरा र चार सय ८५ गाईभैँसी गरेर जम्मा तीन हजार १७ पशुपंक्षिको स्वास्थ्य परिक्षण, परजीवि नियन्त्रण तथा औषधी वितरण गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर बाल कुमार श्रेष्ठले जानकारि दिए ।


कपुरकोट एकका वडाअध्यक्ष बालाराम खड्काको अध्यक्षतामा भएको शिविरमा पशु चिकित्सकहरु डा वसन्त आचार्य, डा मनोज ओलि, कमल कुसुम आचार्य र पशु स्वास्थ्य प्राविधिक नवराज रेग्मीले सेवा प्रदान गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!