सप्तरीमा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु

Posted on: 01 May, 2018

वैशाख १८ राजविराज | पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ३ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीयवासी मोटरसाइकल चालक २५ वर्षीय मनोज चौधरी रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स२प ५७८६ नम्बरको मोटरसाइकल सडकमा रहेको ट्रकमा ठोक्किएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!