खोटाङमा दुई श्रमिक सम्मानित

Posted on: 01 May, 2018

चिसाङ शेर्पा | बैशाख १८, खोटाङ | खोटाङमा दुईजना श्रमिक सम्मानित भएका छन् । १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा दिक्तेल बजारमा परिश्रम गर्ने श्रमिकलाई श्रमको सम्मान स्वरुप मंगलबार  सम्मान गरिएको हो । 

नेपाल ट्रेड युनियन महासंघ जिफण्ट जिल्ला कमिटि र पेशागत महासंघ नेपाल जिल्ला समितिको संयुक्त आयोजनामा समिक्षालय हलमा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका नर बहादुर गुरुङ र सोही नगरपालिका–१ दिक्तेलका राजन श्रेष्ठलाई जनही रु १ हजारका दरले सम्मान गरिएको हो ।

श्रमिक गुरुङलाई १ नं. प्रदेशका सभासद उषाकला राई र श्रेष्ठलाई पुर्वसभासद दुर्गाजयन्ती राईले सम्मान गर्नु भएको हो । गुरुङ २०४१ सालदेखी दिक्तेल बजारमा भारी बोक्ने काम गर्दै आएका छन् । दैनिक एकहजार रुपैयाँ कमाइ गर्ने गुरुङले हालसम्म १५ लाखबढी कमाई गरी ऋणमा लगानी गरेकोे बताए । 

संसारका मजदुर एकजुट होऔं, संमृद्ध पेशाका लागि संमृद्ध जिवनयापन, संमृद्ध नेपालका लागि महाअभियान भन्ने नारासहित दिक्तेलको रत्नपार्कबाट ¥याली निकाली समिक्षालय हल पुगेर भएको कार्यक्रमले आगामी वर्ष उत्कृष्ट शिक्षक, उत्कृष्ट कर्मचारी, उत्कृष्ट मजदुरलाई सम्मान गर्ने निर्णय गरेको पेशागत महासंघ नेपाल जिल्ला समितिका पुर्व संयोजक मिन कुमार दाहालले जानकारी दिए । कार्यक्रम नेपाल ट्रेड युनियन महासंघ जिफण्ट जिल्ला कमिटि  अध्यक्ष गुरुप्रसाद ढकालको सभापतित्वमा समापन भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!