खोलाभित्र पाइप खोज्दा जीप भेटियो, साथमा चालक सहित ३ जनाको शव !

Posted on: 03 May, 2018

टेकेन्द बोहरा | वैशाख २०, बझाङ | गएराति तमैल बजारबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको से १ ज ८२० नम्बरको जीपलाई जयपृथ्वी राजमार्ग अन्तरगत जयपृथ्वी नगरपालिका –७, सुबेडाको चौठेखोलाले बगाउँदा ३ जनाको मृत्यु भएको छ । 

ज्यान जानेहरुमा जीप चालक कञ्चनपुर, दोधारा चाँदनीका २८ वर्षीय रमेश चन्द, खप्तडछान्ना गाँउपालिका –२, लामातोलाका ३२ वर्षीय ओमराज बन र केदारस्युँ गाँउपालिका –१, चौडालाका २८ वर्षीय असु ओड रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अविरल वर्षासँगै खोलामा बाढी आएपछि सडकमा गुड्दै गरेको जीपलाई बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


जीप दुर्घटना भएको कसैले पनि थाहा नपाएको र बिहान सुबेडाका स्थानीय बासिन्दाले खोलाले बगाएको पाइप खोज्ने क्रममा खोलाले जीप बगाएको देखेपछि जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएका थिए । 

त्यसपछि मात्रै जीप खोलाले बगाएको भन्ने जानकारी भएको स्थानीय बासिन्दा दीपक जोशीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!