वैशाख ३१ काठमाडौं | ठमेलमा चरेससहित ४ जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले ठमेलको ज्याठा चोकबाट शनिबार साँझ सात सय ग्राम चरेससहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा कालिकोटका बिरजित शाही, लगिन्द्र बम, रंजित बिक र पटक बहाददुर बम छन्।
उनीहरुविरुद्ध लागूऔषध मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!