जेठ १२, भक्तपुर | भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित प्रेमप्रसाद सुवालको तीनतले पक्की घरको छतबाट खसेर आज छ वर्षीया बालिकाको मृत्यु भएको छ ।
काभ्रे कोशीपारि घर भई हाल सोही स्थानमा डेरा गरी बस्ने विकास लामाकी छोरी लमी लामा छतमा खेल्ने क्रममा अचानक खस्दा मृत्यु भएको हो ।
छतबाट खसेर घाइते भएकी लामालाई उपचारका लागि उनकै बुबाले मध्यपुर अस्पताल लगेकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।
घटनाको महानगरीय प्रहरी वृत्त जगातीले थप अनुसन्धान गरिरहेको प्रनाउ प्रसार्इंले बताउनुभयो । रासस
यस बिषयमा तपाइको प्रतिक्रिया...!