वाणिज्य मन्त्रालयद्वारा दुई पेट्रोल पम्पमा सिलबन्दी, यस्तो छ कसुर

Posted on: 28 May, 2018

जेठ १४, काठमाडौं | वाणिज्य मन्त्रालयले मापदण्ड मिचेर मनपरी गरेको दुई पेट्रोल पम्पलाई सिलबन्दी गरेको छ । 

मन्त्रालयले प्रशान्ति आयल स्टोर एकान्तकुना र ललितपुरको सातदोबाटो १५ स्थित महालक्षमी विश्वकर्मा ट्रेडर्सको पेट्रोल डिस्पेलिङ पम्पमा सिलबन्दि गरेको हो । 

आज बिहानै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, मातहतका आयल निगम र गुणस्तर तथा नापतौल विभागले राजधानीका विभिन्न पेट्रोल पम्पमा अनुगमन गर्दा मापदण्ड बाहिर काम गरेको भेटिएपछी ति दुई पेट्रोल पम्पलाई सिलबन्दी गरेको हो । 

यस्तो छ कसुर 

बिभिन्न पेट्रोल पम्पहरुले भनेजति परिणाममा पेट्रोल नदिएर उपभोक्ता ठग्दै आएको धेरैको गुनाशो हुँदा मन्त्रालयले आज बिहानै केहि पेट्रोल पम्पहरुमा अनुगमन गर्यो । अनुगमनको क्रममा प्रशान्ति आयल स्टोरमा ३० एमएल र महालक्ष्मी विश्वकर्मा ट्रेडर्समा ४० एमएल पेट्रोल कम पाइएपछि मंत्रालयले ती दुईलाई सिलबन्दि गरेको हो । त्यस्तै त्रिपुरेश्वरको मायाराम भुलाराम पेट्रोल पम्पमा स्वीच अन अफ गर्ने ठाउँमा इलेक्ट्रिक मेसिन जडान राखिएको पाइएपछि चेतावनी दिएर छाडिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!