झापाको भुटानी शरणार्थी शिविरमा आगलागी, ७ लाखभन्दा बढीको क्षति

Posted on: 31 May, 2018

जेठ १७ झापा | झापाको दमक–३ स्थित बेलडाँगीको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा तीन वटा छाप्रा पूर्ण रुपमा जलेको छ । आज बिहान भएको आगलागीले शरणार्थीका छाप्रा जल्दा रु सात लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । 

बिहान २:३० बजेतिर भएको आगलागीमा परेर सेक्टर ए वानका धनबहादुर माझीको रु दुई लाख ५० हजार, सुरज राईको रु दुई लाख ५० हजार र सुकमान राईको रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको दमक इलाका प्रहरी कार्यालयले जनएको छ । दमक लगरपालिकाको बारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!