विश्व धुम्रपानरहित दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

Posted on: 01 Jun, 2018

जेठ १८, अर्घाखाँची | मे ३१ तथा जेठ १७ का दिन अर्घाखाँचीमा पनि विश्व धुम्रपानरहित दिवस मनाइएको छ । नेपाल अर्बूद रोग निवारण सस्थाको आयोजनमा भूमिकास्थान नगरपलिकाको वडानम्बर ७ मा अवस्थित नुवाकोट माध्यमिक विद्यालय चिदिचौरमा जनचेतनामूलक कार्यक्रम गरि मनाइएको छ । 

संस्थाका अध्यक्ष पिताम्बर बन्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान्सर रोगबारे जिल्ला स्वास्थ्य कार्यालयका पूर्व स्वास्थ्यकर्मी तथा सन्धिखर्क नगरपालिका वडा नम्बर ३ का अध्यक्ष लिलाराम गौतमले क्यान्सर रोगबारेमा प्रकाश पार्नुभएको थियो । संस्थाको गतिविधी र भावी कार्यक्रम बारे अध्यक्षले प्रकाश पार्नुभएको थियो । 

संस्थाका सचिव कुशल भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापती शम्भु पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम पौडेल, रेडक्रसका उपसभापती कमल घिमिरे, अर्बूद संस्थाका उपसभापति नारायण पौडेल, रेडक्रसका उपसभापति कैलाश कुमार श्रेष्ठ, सिएमए क्याम्पसका प्रमुख तथा अर्बूद संस्थाका द्रोणप्रसाद भुसाल,  लुहेस्को अध्यक्ष कृष्णप्रसाद बन्जाडे, अर्बूद संस्थाकै सूर्य थापा, सुनीता बेलबासे, पत्रकार महासंघ अध्यक्ष हिम लेकाली, सन्चारकर्मी सहयोगी बिसी, ज्येष्ठ नागरिक भिमलाल भुसाललगायत विद्यालयका जुरेस गोष्ठीमा सहभागी शिक्षक नायक र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागी सबैले आफू र घरपरिवारलाई धूम्रपानरहित बनाउन प्रतिबद्ध रहने भन्दै हस्ताक्षरसमेत गर्नुभएको थियो । कार्यक्रममा पोष्टर, पम्पलेट, वितरण गरिएको थियो । संस्थाले क्यान्सर रोग लागि पीडित भएकाहरूलाई उपचारको निम्ति सहयोग गर्दै आएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!