राजपाका केन्द्रीय सचिव तेन्जी लामाको मृत्यु

Posted on: 08 Jun, 2018

जेठ २५ काठमाण्डौ | राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । 

इटहरी २० तरहरास्थित आफ्नै घरको बाथरुममा नुहाउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । घाइते लामाको उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको तरहरा प्रहरीले जानकारी दिएको छ ।

लामाको शव बिपि प्रतिस्ठानमा राखिएको छ । उनको दाहसंस्कारका लागि पार्टीका बिभिन्न जिल्ला स्तरीय नेताहरुको उपस्थिती भइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!