टेन्सबर्ग बियर पिउनु हानिकारक, यस्तो छ कारण (प्रमाण सहित)

Posted on: 16 Jun, 2018

भैरहवा, २ असार  । नेपाली बजारमा आएको टेन्सबर्ग बियर पिउनु हानिकारक भएको पाईएको छ । 

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेको गुणस्तर चेकजाचका क्रममा बियर पिउनु हानिकारक भएको प्रमाणित भएको हो ।

 बियरको बोटल भित्र अखाद्य बस्तु भेटिनुका साथै अलकोहलको मात्रामा समेत कमि देखिए पछि यसको रहस्य बाहिर आएको छ ।

 बियरमा फोहोर र गुणस्तरहिन प्रमाणित भएपछि खाद्यले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई समेत कार्बाहीका लागी पत्राचार गरेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख हस्त बहादुर राईले जानकारी दिनुभयो । 

रुपन्देहीको शुदोधन गाउँपालिकामा रहेको टाईगर ब्रुअरी बाट उत्पादित बियरले उपभोक्ता माथि गरेको खेलवाड गरेको स्थानियहरु बताउछन् ।


यस कम्पनी बाट उत्पादिन बियर भित्र अखाद्य बस्तु भेटिनु गलत भएको भन्दै स्थानियहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कार्बाहीको लागी  निबेदन दिएका छन् । यसको समेत कार्बाही अगाडी बढेको देखिदैन् ।

रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले टेन्सबर्ग बियरको गुणस्तर चेकजाच गर्दा उत्पादनमा कमजोरी देखिएकाले सम्बन्धित कार्यालयले कार्बाही अगाडी बढाएको जानकारी दिनुभयो ।

कम्पनीका सञ्चालक तेजेन्द्र खड्काले बियर उत्पादन गर्दा कमजोरि भएको स्विकादै गुणस्तरहिन बियर बजार बाट कम्पनीले फिर्ता गरिसकेको जनाउदै अझ बजारमा केहि मात्रा हुनसक्ने बताउनुभयो ।

पटक पटक बिवादमा आईरहने यो कम्पनीले उत्पादन गर्ने गुणस्तरहिन बियर ,राजस्व छलि र अन्तशुल्कको नक्कली स्टिकर काण्डमा बिगत देखी अनुसन्धान हुनेगरेको छ ।

- कमल रायमाझीको सहयोगमा प्राप्त समाचार 


यस बिषयमा तपाइको प्रतिक्रिया...!