त्रिचालिस जना भारतीय नागरिक चन्दा उठाउदै गर्दा पक्राउ

Posted on: 18 Jun, 2018

भास्कर के.सी | असार ४, कञ्चनपुर | भीनपाको बजार क्षेत्र बाट जथाभावी चन्दा उठाउदै गरेका भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिई भारतीय प्रहरीलाई बुझाएको छ ।

राजिस्थानको जोधपुर जिल्ला अन्तर्गत पाली गाँउबाट आएका युवतीहरुमा १८ जना १६ वर्ष मुनिका बालिका र २५ जना महिलाहरु गरि ४३ जना रहेको छन् । राजिस्थानबाट आफुहरु २५ दिन अगाडि हिडे पनि यहाँ तिन दिन अगाडि बनवासा, गड्डाचौकी हुदै आएको वर्ष ४९ की सोना राव ले बताइन । आफुहरुले म्याजिक बुक र बुट्टा बुन्ने सुई बेच्ने गरेको बताए पनि आज महेन्द्रनगरको गल्ली गल्लीमा ग्रुप–ग्रुप बनाई राजिस्थानमा बाढि, पहिरो आएर घरमा केही खाने कुरा नभएको भन्दै स्थानिय, व्यापारी लगायत बाटो हिडने व्यक्तिलाई रोकेर चन्दा उठाई रहेका थिए । यी साना बालिकाहरुलाई देखे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । 


तीन दिन देखि खुल्ला आकास मुनि बस्दै आएका यी महिला तथा बालिकाहरुलाई संग कुनै बेला पनि केही अप्रिय घटना हुन सक्ने तथा साना साना बालीकाहरुलाई यसरी चन्दा उठाउन प्रयोग गरेको देखेपछि महिला बेचविखान सम्बन्धी काम गर्दै आएकी महेश्वरी भट्ट र  प्रहरी उपरीक्षक डिल्ली राज विष्टले भारतीय प्रहरी तथा भारतीय महिला तथा बालबालिका सम्बन्धी काम गर्ने संस्थालाई जिम्मा लगाएका छन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!