जिल्ला प्रहरी कार्यालयको सक्रियतामा अवैध रुपमा लगाइएको गाँजाखेती नष्ट

Posted on: 21 Jun, 2018

टेकेन्द्र बोहरा | असार ७, बझाङ | जिल्ला प्रहरी कार्यालयको सक्रियतामा बझाङमा अवैध रुपमा लगाइएको गाँजाखेती  बिहिवार नष्ट गरिएको छ । जयपृथ्वी नगरपालिका १० चैनपुर बजारको आसपास क्षेत्रमा रहेको एक रोपनीमा रहेको गाजाखेती नष्ट गरिएको हो । 

सरकारले लागुऔषधलाई निशेधको नीति लिएपछि देशभर गाँजा नष्ट अभियान तिव्र पारिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका डिएपी ऋषिराम कडेलले लागुऔषध नियन्त्रणमा विशेष अप्रेशन सञ्चालन आएको बताए । 

उनले गाँजा खेती गर्नेहरुलाई कारबाही अभियान चलाइने पनि बताए । प्रदेश नम्बर ७ को बझाङमा गाँजाको खेती नै हुने गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!