नेपालले आज जापानसँग फुटबल प्रतिष्पर्धा गर्दै

Posted on: 19 Nov, 2016

मंसिर ४, काठमाडौँ । आज नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच फुटबल प्रतिष्पर्धा हुने भएको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा खेल आयोजना हुन लागेको हो । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा हुने खेलमा नेपाली राष्ट्रिय टोलीले जे लिगमा खेल्ने तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गर्नेछन् । जापानका तर्फबाट फुटबल खेल्नेहरुमा टोडा काजुयुकीले सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा अङ्ग्रेजी क्लब टोटेनह्याम हटस्परबाट व्यावसायिक फुटबल खेलेका छन् ।

जापानको तर्फबाट आएको टोलीको प्रशिक्षकको जिम्मेवारी समेत लिएका खेलाडी काजुयुकीले आफूहरु जित्नकै लागि नेपाल आएको बताए । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज अपराह्न २ बजे खेल सुरु हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!