मनाङ मस्याङ्दी सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा

Posted on: 13 Jan, 2017


दिनेश ठकुल्ला/पुस २९, धनगढी । ए डिभिजन क्लव मनाङ मस्याङ्दी धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकप २०७३ को उपाधि नजिक पुगेको छ । 

विहीवार धनगढी रंगशालामा भएको खेलमा भारतको दिल्ली युनाईटेडलाई स्तव्ध पार्दै मनाङ उपाधि नजिक पुगेको हो । मनाङले उपाधि जित्ने दावी समेत गरेको छ । विहीवार दिउँसो भएको खेलमा मनाङले दिल्लीलाई ३–१ गोल अन्तरले किनारा लगाएको हो । 

खेलको सुरुवातमा दिल्लीले गोल गर्दै खेलमा अग्रता लिने प्रयास गरेपनि मनाङले त्यो प्रयासलाई विफल पारेको हो । दिल्लीका लागि जर्सी नम्वर १९ का थोपीले पहिलो हाफको दुई मिनेटमा गोल गर्दै दिल्लीलाई दिलाएको अग्रता ५ मिनेटभन्दा वढी चल्न सकेन् । 

खेलको ७ मिनेटमा मनाङका कप्तान जर्सी नम्वर १० का खेलाडी अनिल गुरुङले गोल गर्दै खेल वराव्ीमा पुराए । पहिलो हाफको ४४ औं मिनेटमा मनाङका लागि जर्सी नम्वर ९९ का विदेशी खेलाडी ओलाओलेले गोल गर्दै २—१ को स्थितिमा पुराए । 

दोस्रो हाफमा केही आक्रमक रुपमा प्रस्तुत भएको मनाङले दोस्रो हाफको ८९ औं मिनेटमा तेस्रो गोल थप्दै जित सुनिश्चित ग¥यो । कप्तान अनिल गुरुङ व्यक्तीगत दोस्रो गोल गर्दै म्यान अफ द म्याचका हकदार वनेका हुन । उनले नगद ५ हजार हाप पारे । 

जितपछि प्रतिक्रिया दिदै मनाङका प्रशिक्षक छिरिङ लोप्चन गुरुङले राम्रो खेलेर जितेको भन्दै धेरै गोल गर्ने रणनिति दिल्लीका गोलरक्षक सन्जु थापाको उत्कृष्ट प्रदर्शनले असफल पारेको वताउनुभयो । 


मनाङका कप्तान अनिल गुरुङले अव उपाधि जित्ने दावी गर्दै फाईनलमा पनि यस्तै खेल खेलेर खप्तड गोल्डकपलाई आफ्नो पोल्टामा पार्ने वताउनुभयो । दिल्लीका प्रशिक्षक क्लेवसन वारतेले केही मौकाहरु गुमाउदा र विपक्षीले उत्कृष्ट खेल खेल्दा फाईनल पुग्न नसकेको वताउनुभयो । 

दिल्लीका कप्तान डन लोप्चाले सवै खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेको भएपनि जित हासिल गर्न नसकिएको वताउनुभयो । गोल्डकप अन्तर्गत शुक्रवार दोस्रो सेमिफाईनलमा सुदुरपश्चिम ११ र काठमाण्डौको संकटा क्लव प्रतिस्पर्धा गर्नेछन । 

पुस २१ गतेदेखि सञ्चालन भईरहेको गोल्डकपको विजेताले नगद ५ लाख र उपविजेताले दुई लाख ५१ हजार पाउने छन । माघ १ गतेसम्म सञ्चालन हुने गोल्डकपको उत्कृष्ट खेलाडीले यमाहा मोटर साईकल प्राप्त गर्ने आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!