नेपालले दियो पाकिस्तानलाई १८१ रनको चुनौति

Posted on: 27 Mar, 2017


चैत १४, काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १८१ रनको चुनौति दिएको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै पाकिस्तानको २३ वर्ष मुनिको टोलिविरूद्ध नेपालले १८० रन बनाएको हो । नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान सुनिल धमलाले सर्वाधिक ४३ रन बनाए । उनले १२५ बलको सामना गर्दै ३ चौकाको मद्धतमा ४३ रन बनाएका हुन् ।

ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल २, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा आउट भए । सागर पुन एउटा चौका हानेर आउट भए । र बिनोद भण्डारीले २४ रन बनाए भने आरिफ शेखले अविजित १८ योगदान गरे । मेहेबुब आलम शुन्य र शुसन भारी ३ रनम आउट भए ।

नेपाललार्इ यस्तैमा समेट्ने क्रममा पाकिस्तानमा गुलाम मुदासार एक्लैले ५ विकेट लिए भने उसामा मिरले पनि २ विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!