आइपिएल क्रिकेटको पहिलो खेल सनराइज हैदरावादको हातमा

Posted on: 06 Apr, 2017

चैत २४, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०१७ अन्तर्गत बुधबार राति भएको उद्घाटन खेलमा सनराइज हैदरावादद्वारा रोयल च्यालेन्जर बैंगलोर पराजित भएको छ  । सनराइज हैदरावादले बैंगलोरलाई ३५ रनले पराजित गरेको हो ।

टस हारेको हैदरावादले २० ओभरको खेलमा ४ विकेटको क्षेतिमा २०७ रन जोड्न सफल भयो । खेलमा हैदरावादका युवराज सिंहले २३ बलमै अर्ध साताक पुरा गरे । यो नै युवराजको लागि आइपिएल करियरमा पहिलो अर्धसतक हो । खेलमा युवराजले २७ बलमा ६२ रन बनाए । त्यस्तै हैदरावादलाई बलियो बनाउने क्रममा मोइजेस हेनरिक्सले समेत अर्ध सतक बनाए । उनले ३७ बलमा ५२ रन बनाएर आउट भए । त्यस्तै हैदरावादका लागि डेविट वार्नरले १४, शिखर धावनले ४० रन, दिपक हुडा र बेन कटिंगले समान १६/१६ रन बनाए । 

२०८ रनको लक्ष्य प्रस्तुत गरेको हैदरावादलाई पछ्याउने क्रममा बैंगलोरको टिम १९.४ ओभरमै १७२ रन बनाउँदै अल आउट हुन पुग्यो । खेलमा बैंगलोरका मन्दिप सिंहले २४, क्रिस गेलले ३२, केदार जाघवले ३१, ट्रेबिस हेडले ३०, सचिन बेबीले १, स्टुवार्ट बिन्नीले ११ र वाट्सनले २२ रन जोडे । बैंगलोरलाई हराउने क्रम हैदराबादका आशीष नेहरा, राशिद खान र भुवनेश्वर कुमारले २/२ विकेट लिए । त्यस्तै दीपक हुडा र बिपुल शर्माले १/१ विकेट लिए । खेलको मध्ये भागबाटै आफ्ना महत्वपूर्ण खेलाडी गुमाईसकेको बैंगलोर बलियो रुपमा टिकिराख्न नसक्दा सम्भावित खेलबाट हार बेहोर्न पुग्यो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!