२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपको वार्मअपमा नेपालले अमेरिका र क्यानडासँग खेल्ने, टेस्ट राष्ट्रसँग खेल्न नपाउने

२०८१, २८ बैशाख शुक्रबार ०९:१८

बैशाख २८, काठमाडौँ । नेपालले टी-२० विश्वकपको आधिकारिक प्रतियोगिता अगाडिको वार्मअप खेलमा नेपालले अमेरिका र क्यानडासँग खेल्ने भएको छ।

 नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टीमले दुईवटा वार्मअप आयोजक अमेरिका र क्यानडासँग खेल्ने निधो भएको छ । दुवै वार्मअप म्याच अमेरिकामा २६ र २८ तारिखमा हुनेछन् ।

योसँगै नेपाली टिम विश्वकप अघि कम्तीमा एउटा टेस्ट राष्ट्रसँग वार्मअप खेल्न पाउने आशालाई आईसीसीले रोकीदिएको छ । यदि वार्मअप बलिया टीमसँग खेल्न पाएको भए विश्वकपका लागि नेपालको राम्रो तयारी हुन सक्थ्यो तर, त्यो अवसर गुमेको छ। यद्यपि, आइसीसीले आधिकारिक रूपमा सेड्यूल सार्वजनिक गरिसकेको छैन ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द पनि वार्म अपमा टेस्ट टिम नदिइएको प्रति खिन्न देखिन्छन् । आफूहरूले प्रयास गर्दा पनि सम्भव नभएको उनको भनाइ छ ।

‘दर्शकको चाहना र क्यानको पनि चाहना थियो कि कम्तीमा एउटा टेस्ट टिमसँग वार्म अप खेल्न पाइयोस् भन्ने । तर हामीले भनेर मात्र नहुँदो रहेछ । लबिङ गर्दागर्दै पनि भएन । टिमहरुको ट्राभलिङ र उपलब्धतालाई पनि हेरिएको होला । यूएसए र क्यानाडाका सबै खेल अमेरिकामा नै छन् । नेपालको पनि पहिलो दुईवटा म्याच अमेरिकामा छ । त्यसैले अमेरिका र क्यानडासँग नै हाम्रो दुईवटा म्याच राखिएको जानकारी आएको छ ’, उनले भने। 

नेपालले विश्वकपको पहिलो खेल भने नेदरल्यान्ड्सविरुद्ध जुन ४ तारिखमा अमेरिकाको डाल्लासमा खेल्नेछ । दोस्रो खेल अमेरिकाकै फ्लोरिडामा ११ जुनमा श्रीलंकाविरुद्ध खेल्ने तालिका छ । नेपालका बाँकी दुई खेल वेस्ट इन्डिजमा छन् । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा साउथ अफ्रिका विरुद्ध १४ तारिखमा म्याच छ भने समूह चरणको आफ्नो अन्तिम खेल बंगलादेशविरुद्ध १६ तारिखमा सोही मैदानमा खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी