दिल्लीले लिईछाड्यो कोलकातासँग बदला- श्रेयस र पृथ्वी चम्कँदा कोलकाता ५५ रनले पराजित

Posted on: 28 Apr, 2018

वैशाख १५, काठमाडौँ | आईपिएल सिजन ११ अन्तर्गत २६ औं खेल अन्तर्गत दिल्ली डेयरडीभल्सले यस अघि आफुलाई ७१ रनको हार चखाएको कोलकाता नाइट राइडर्सलाई ५५ रनले पराजित गरेको छ | खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले दिएको २२० रनको फराकिलो स्कोरलाई पछ्याउने क्रममा कोलकाताले पुरा ओभरको खेल खेल्दै ९ विकेट गुमाई १६४ रन मात्र बनाउन सकेपछी कोलकाता पराजित हुन पुगेको हो | 


खेलमा दिल्लीले ४ विकेटको क्षेतीमा २१९ रन बनाउने क्रममा उसका लागि पहिलो कप्तानी डेब्यु गरेका श्रेयस येयरले सर्वाधिक ९३ रन जोडेका थिए | उनले नट आउट ४० बलमै १० छक्का र ३ चौका प्रहार गर्दै ९३ रन जोडेका हुन् | त्यस्तै खेलमा ओपनर पृथ्वी सावले ४४ बलमा ६२ रन जोडेका थिए | उनले ७ चौका र २ छक्का प्रहार गरेका थिए | त्यस्तै खेलमा ओपनर कोलिन मुनरोले १८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन जोडे | त्यस्तै चौथो ब्याट्सम्यानका रुपमा आएका ग्लेन म्याक्सवेलले १८ बलमा २७ रन जोडेर रन आउट भएका थिए | त्यस्तै खेलमा रिशव पन्तले कुनै रन जोड्न सकेनन् |

खेलमा दिल्लीको विकेट लिने क्रममा कोलकाताका पियुस चावला, शिवम मावी र मिचेल जोनसनले १/१ विकेट लिएका थिए | 


दिल्लीले दिएको २२० रनको स्कोरलाई पछ्याउने क्रममा कोलकाताले सुरुवाती खेलमा ब्याट्सम्यानहरु टिकेर खेल्न नसक्दा कोलकाता दवावमा परेको थियो | खेलमा उसको ओपनर द्वय क्रिस लिन र सुनिल नारिनेले क्रमश ५ र २६ रन बनाएर आउट भए | त्यस्तै रोबिन उथप्पा २ बलमा १ रन मात्र जोडेर आउट भए भने नितिश राना ७ बल खेलेर ८ रन बनाई आउट भए | त्यस्तै दिनेश कार्तिकले १८ बलमा १८ रन ल्याई आउट भए | त्यसपछि शुभमान गिल र आन्द्रे रुसेलले कोलकाताको स्कोरलाई फराकिलो योगदान दिए तर उनिहरु पनि अर्ध सतक नबनाई आउट भए | खेलमा शुभ्मान गिलले ३७ रन जोडे भने आन्द्रे रुसेलले ३० बलमा ४४ रन जोडे | 

त्यसपछि आएका शिवम मावी ३ बलमा बिना कुनै रन आउट भए | त्यसपछि कोलकाताका पियुस चावला २ रनमै आउट भए जति बेलासम्म कोलकाताको ९ विकेट गुमीसकेको थियो | त्यसपछि नट आउट दुई ब्याट्सम्यान मिचेल जोनसनले १२ रन र कुलदिप यादवले ७ रन जोडी कोलकातालाई अल आउट हुनबाट जोगाए साथै १६४ रनसम्मको स्कोर बनाए |  

खेलमा कोलकातालाई पराजित गर्ने क्रममा दिल्लीका ट्रेन्ट बोल्ट, ग्लेन म्याक्सवेल, अभेस खान र अमित मिश्राले २/२ विकेट लिएका थिए |

यस अघिको खेलमा कोलकाता नाइटराइडर्सले दिल्ली डेयरडेभल्सलाई ७१ रनले पराजित गरेको थियो | आजको खेलमा दिल्लीले ५५ रनले जित्दै त्यसैको बदला लिएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!