नेपाली क्रिकेटर अनिल इलाइट क्रिकेट खेल्न सिंगापुरतर्फ

Posted on: 29 Apr, 2018

वैशाख १६, काठमाडौँ (रासस) | दोस्रो संस्करणको इलाइट क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार शाह सिंगापुर जाँदैछन् । 

यही वैशाख १८ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा अनिलले एसजी क्रिमसन टोलीबाट सहभागिता जनाउनेछन् । उनको सम्पूर्ण खर्च सिंगापुर क्रिकेट एशोसिएशनले व्यहोर्ने क्रिकेट प्लेयर्स एशोसिएशन नेपाल (सिप्यान)ले जनाएको छ । सिप्यानले सिंगापुर क्रिकेट एशोसिएशन सँगको सहकार्यमा अनिललाई खेल्ने व्यवस्था मिलाएको हो । 

प्रतियोगितामा क्रिमसन टोलीसँगै क्रेससेन्ट र स्टार्स गरी तीन टोलीको सहभागिता रहनेछ । डबल राउण्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछ । 

एपिएफ क्लबमा आबद्व अनिल आज राति नै त्यसतर्फ प्रस्थान गर्नेछन् । 

राष्ट्रिय क्रिकेट– प्रदेश १ र ५ विजयी 

सोह्र वर्षमुनिको प्रथम मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा प्रदेश नम्बर १ र ५ विजयी भएका छन् । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा समूह बीअन्तर्गत प्रदेश १ ले प्रदेश ६ लाई ४ विकेटले पराजित गर्दै विजयी हासिल ग¥यो भने समूह ‘ए’ अन्तर्गत प्रदेश ५ ले भने प्रदेश २ लाई तीन रनले पराजित गर्यो । 

जितसँगै प्रदेश १ समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइलनमा प्रवेश ग¥यो भने सोही समूहको विजेता प्रदेश ३ बन्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्रदेश ६ ले २० दशमालब २ ओभरमा सबै विकेट गुमाउँदै ९४ को योगफल बनायो । 

प्रदेश ६ का लागि कप्तानी प्रकाश जैशीले ३३, बबी कुमराले १६ तथा दीपेश पुनले १० रन जोड्नुबाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ प्रदेश १ का दीपेश कँडेलले तीन तथा लभ कामत र नभनित कर्णले दुई–दुई विकेट हात झारे । ९५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २६ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । उसका लागि नभनितले सर्वाधिक २५, कप्तान लभ कामतले २१, दीपेश कँडेलले ११ तथा अभिषेक बराल १५ रन जोडे । बलिङतर्फ प्रदेश ६ का प्रकाश जैसी र दीपक थापाले दुई÷दुई विकेट लिए । 

यता प्रदेश ५ ले भने समूह ‘ए’ मा पहिलो जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ५ ले निर्धारित ३० ओभर पूरै खेल्दै सबै विकेट गुमाएर १५३ रनको योगफल बनायो । 

प्रदेश ५ को जितमा सिजन मकाजुले सर्वाधिक ६१ रनको योगदान दिए । बलिङतर्फ प्रदेश २ का सोनु शर्माले तीन तथा विवेक यादव, निखिल सिंह र विक्रम शकुशवाले समान दुई÷दुई विकेट लिए । १५४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १५० रनमा समेटियो । उसका लागि तृतराज दासले ६१ रन तथा विवेक यादवले २५ रन जोडे । बलिङतर्फ प्रदेश ५ का कुशल मल्लले तीन तथा रमेश कुर्मीले दुई विकेट लिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!