एन्फा कप २०७५ अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिताको आज फाइनल हुने

Posted on: 12 Jul, 2018

विकास सिह महता | असार २८, कञ्चनपुर | कञ्चनपुरमा जारी एन्फा कप २०७५ अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगितामा आज हुने  फाइनल खेलमा छात्र तर्फ बैजनाथ मा.वि जडेपानी र फ्लोरिडा इन्टरनेश्नल बोडिङ्ग स्कुल छात्रा तर्फ लक्ष्मी मा.वि खैरभट्टी र बैजनाथ मा.वि जडेपानीले फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार महेन्द्रनगरको खुल्ला मञ्चमा भएको सेमिफाइनलका छात्र तर्फका  फ्लोरिडा ईन्टरनेश्नल र महाकाली मोर्डन स्कुल विच भएको खेलमा फ्लोरिडाले इन्टरनेश्नलले ३–० ले विजय हुदै फाइनलमा प्रवेश गरेको छ उक्त खेलमा जर्सी नं.१२ का टिम क्यापटन जनक चुनाराले १ गोल र कृष्ण नेपाली ले २ गोल गरी आफनो टिमलाई फाइनलमा पुगाउन सफल भएका छन् । त्यसैगरी छात्र तर्फको दोस्रो सेमफाइनल खेल इन्टर नेश्नल र बैजनाथ मा.वि.जडेपानी विच भएको खेलमा निर्धारित समयमा कुनै टिमले पनि गोल गर्न नसक्दा खेल ट्राइबेकरमा गएको थियो त्यहाँ पनि बराबर हुदाँ सडनडेटमा बैजनाथ मा.वि.ले गरेको गोल सैगै फाइनलमा प्रवेश गर्न सफल भएको   छ ।


 सोही दिन छात्रा तर्फ भएको सेमिफाइनलको पहिलो खेल बैजनाथ मा.वि जडेपानी र बैजनाथ मा.वि महेन्द्रनगर विच भएको खेलमा बैजनाथ मा.वि. जडेपानी मिलन सिह को ५–० गोलको फराकिलो अन्तर सँगै फाइनलमा प्रवेश गरेका छ । उक्त खेलमा टिम क्यापटन निलम सिह जर्सी नं. १० ले ३ गोल ह्याटिक संगै जर्सी नं. ७ भी भावना पातली १ गोल र जर्सी नं. ४ की मनिषा ओखेडाले १ गोल गरेका थिए ।

छात्रा तर्फको दोस्रो खेलमा एक मात्र प्रराईभेट विद्यालय शान इन्टरनेशनल र लक्ष्मी मा.वि खैरभट्टी विच भएको खेलमा ३–० गोलले लक्ष्मी मा.वि विजयी संगै फाइनल खेलमा प्रवेश गरेको छ । 

१८ गते हुने फाइनल खेलमा छात्रा  तर्फ बैजनाथ मावि जडेपानी र लक्ष्मी मा.वि खैरभट्टी विच हुने भएको छ भने छात्र तर्फ फलोरिडा इन्टरनेशनल र वैजनाथ मा.वि जडेपानी विच फाइनल प्रतिस्पधा हुने भएको छ । खेल २ बजे बाट शुरु हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!