दिल्लीले चेन्नईसँग कमजोर फिल्डीङ गर्दैगर्दा कमेन्टरले भने 'विकल्पमा सन्दिप लामिछाने छन्'

Posted on: 26 Mar, 2019

चैत १२, काठमाडौँ | मंगलबार आइपीएल क्रिकेटको १२ औं सिजनको ५ औं खेलमा चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल बीच खेल हुँदै गर्दा कमेन्टरहरुले दिल्ली क्यापिटलको कम्जोर फिल्डीङमा नेपाली खेलाडी सन्दिप लामिछाने विकल्प रहेको बताए । 

खेल जारी रहँदा चेन्नई सुपरकिंग्सले धमाकेदार ब्याटिङ गर्दा दिल्लीको फिल्डीङ कमजोर देखियो । यस क्रममा दिल्लीका पुर्व कप्तान समेत रहेका कमेन्टर गौतम गम्भीर र अर्का एक कमेन्टरले दिल्लीको बिकल्पमा सन्दिप लामिछाने रहेको बताएका हुन् । 


आइपीएल सिजन ११ मा सन्दिप लामिछानेको पछील्ला खेलबाट प्रभावित भएका धेरै दिल्लीका फ्यानहरुले यो पटक पनि सन्दिप लामिछानेलाई खेलाउन माग गरेका छन् । यो पटकको आइपीएलमा दिल्लीले दोश्रो खेल मंगलबार खेल्यो । दोश्रो खेलसम्म पनि सन्दिप लामिछाने प्लेएर ११ मा पर्न सकेनन् । पहिलो खेलमा जितेको दिल्लीले दोश्रो खेलमा चेन्नई सुपरकिंग्स सँग राम्रो खेल्न नसकेपछी अर्को खेलमा दिल्लीले सन्दिपलाई बिकल्पमा उतार्न सक्ने सम्भावना रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!