आईपीएलमा मुम्बईद्वारा दिल्ली ५७ रनले पराजित, मुम्बई लगातार दोश्रो पटक फाइनलमा

Posted on: 05 Nov, 2020

कात्तिक २१, काठमाडौँ | IPL को १३ औं सीजनको पहिलो क्वालिफायर खेलमा मुम्बई इन्डिएन्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गरेको छ । डिफेन्डिंग च्याम्पियन मुंबई लगातार दोश्रो पटक फाइनलमा पुगेको छ । 


रोहित शर्माको कप्तानीमा रहेको मुम्बईको टीमले यसअघिनै ४ पटक आईपीएल जितेको छ । अब मुम्बईलाई पाँचौं सिजन जितको लागि एक खेल मात्र जित्नुपर्नेछ । पछिल्लो पटक मुंबईले फाइनलमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै आईपीएल फाइनल जितेको थियो । यस अघि मुम्बईले २०१७, २०१५ र २०१३ मा च्याम्पियन बनेको थियो । 

युएईको दुबईमा खेलिएको म्याचमा मुंबईले टस हारेर पहिले ब्याटिङ गरेको थियो । उसले पुरा ओभरको खेलमा २०० रन बनाएर दिल्ली सामु २०१ रनको लक्ष्य पस्किएको थियो । यसको जवाबमा उत्रिएको दिल्ली क्यापिटल्सले ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । दिल्लीको लागि मार्कस स्टोइनिसले ४६ बलमा सर्वाधिक ६५ रनको पारी खेले । 

दिल्लीले जीरोमै ३ विकेट गुमायो 

दिल्लीको शुररुवात निकै खराब रह्यो । टीमले बिना खाता खोलेर ३ विकेट गुमाउन पुग्यो । पहिलो ओभरमै तेज बलर ट्रेन्ट बोल्टले पृथ्वी शा र अजिंक्य रहाणेलाई पवेलियन फर्काए । पृथ्वीको क्याच विकेटकीपर क्विंटन डिककले लिए, जबकि रहाणे एलबीडब्ल्यू भए । त्यसपछि दोश्रो ओभरमा जसप्रीत बुमराहले शिखर धवनलाई क्लीन बोल्ड गरे । 

दिल्लीलाई पराजित गर्ने क्रममा मुंबईका तीब्र बलर जसप्रित बुमराहले ४ महत्वपूर्ण विकेट लिएर आफ्नो टिमलाई जितको बाटो देखाए । उनले शिखर धवन, श्रेयस अय्यर, मार्कस स्टोइनिस र डेनियल स्याम्सलाई आउट गरे । 


त्यसअघि मुम्बईको ब्याटिङ पारीमा ५ विकेटको क्षेतीमा २०० रन बनाएको थियो । टीमको लागि ईशान किशनले सबैभन्दा बढी ५५, सूर्यकुमार यादवले ५१ र क्विंटन डिककले ४० रनको पारी खेले । अन्त्यमा हार्दिक पाण्डेले १४ बलमै ३७ रनको पारी खेले । उनले ५ छक्का लगाए । दिल्लीको रविचंद्रन अश्विनले २९ रन दिएर ३ विकेट लिए । उनको अलावा एनरिच नोर्तजे र मार्कस स्टोइनिसले १/१ विकेट लिएका थिए ।


खेलमा पराजित भएसंगै दिल्लीले फाइनल पुग्न अर्को खेलमा ब्यान्ग्लोर र हैदरावादबीचको बिजेतालाई जित्नुपर्ने भएको छ । ब्यान्ग्लोर र हैदरावादबीचको खेल शुक्रबार हुँदैछ । शुक्रबारको खेलको बिजेतासंग दिल्लीले आइतबार खेल्नेछ । सोहि खेलको बिजेताले आगामी मंगलबार फाइनलमा मुम्बईसँग सामना गर्नेछ र आइपीएल सिजन १३ को च्याम्पियन टिम तय हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!