फुटबल खेलाडी लामाको कतारमा सफलतापूर्वक शल्यक्रिया

Posted on: 03 Feb, 2021

माघ २१, काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि दायाँ खुट्टामा चोट बोक्नुभएका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो । 

खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । शल्यक्रियापछि उहाँको अवस्था सामान्य रहेको छ । लामाको केही दिनमै फिजियोथेरापी गरिने छ । 

घुँडामा चोट लागेका अर्का फुटबल खेलाडी विमल घर्तीमगरको भने शल्यक्रिया गर्न समय लाग्ने एन्फाले जनाएको छ । मगरलाई पनि उपचारका लागि एन्फाले गत साता कतार पठाएको थियो । उहाँ  प्रशिक्षणका क्रममा घाइते हुनुभएको थियो ।

एन्फाले कतार फुटबल सङ्घसित समन्वय गरेर दुवै खेलाडीलाई उपचारका लागि कतार पठाएको हो । लामा थ्री स्टार क्लबका कप्तानसमेत हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!