अब यी स्मार्टफोनमा ह्वाट्सएप नचल्ने

Posted on: 02 Jan, 2019

मेसेजिङ एप ह्वाट्सएपले विभिन्न पुराना मोडलका स्मार्टफोनमा आफ्नो सफ्टवेयर अपडेट सपोर्ट बन्द गरेको छ ।

नोकिया एस ४० अपरेटिङ सिस्टमका लागि ह्वाट्सएपले पूर्णरुपमा सपोर्ट बन्द गरेको छ । कतिपय पुराना अपरेटिंग सिस्टमका स्मार्टफोनमा भने सपोर्ट जारी राखेको छ ।

यी हुन् ह्वाट्सएप नचल्ने नयाँ स्मार्टफोन

१. नोकिया एस ४० अपरेटिङ सिस्टमबाट चल्ने सबै खालका स्मार्टफोन: नोकिया ब्राण्डका एस ४० अपरेटिंग सिस्टमबाट चल्ने कुनै पनि स्मार्टफोनमा अब ह्वाट्सएप चल्ने छैन । त्यसमा आशा सिरिजका Nokia Asha 201, Nokia Asha 500, Nokia Asha 501, Nokia Asha 502, Nokia Asha 205, Nokia Asha 210, Nokia Asha 230, Nokia 208, Nokia 301, Nokia Asha 503, Nokia 515 /Nokia 206 मोडलका फोन रहेका छन् । त्यस्तै नोकिया Symbian  एस ६० प्लाटफर्ममा पनि अब ह्वाट्सएप चल्नेछैन ।

२. एन्ड्रोइड भर्सन २.३.७ भन्दा अगाडिका अपरेटिंग सिस्टम: २.३.७ एन्ड्रोइडभन्दा अगाडिका स्मार्टफोनमा अब नयाँ ह्वाट्सएप अकाउन्ट खोल्न सकिने छैन । साथै पुरानो अकाउन्ट पनि रि भेरिफिकेसन हुनेछैन । यद्यपि, २.३.७ एन्ड्रोइड स्मार्टफोनमा सन् २०२० को फेब्रुअरी १ सम्म ह्वाट्सएप चल्नेछ ।

३. एप्पलको आइओएस सेभेनमा पनि यहीँ लागू हुनेछ । आइओएस सेभेनयुक्त एप्पल डिभाइस्मा अब न त ह्वाट्सएपको नयाँ अकाउन्ट खोल्न सकिनेछ, न त पुरानो अकाउन्ट रि भेरिफाई गर्न सकिनेछ ।

४. एन्ड्रोइड भर्सन २.३.३, २.१ (इक्लेयर) तथा एन्ड्रोइड २.२ (फ्रोयो) मा पनि ह्वाट्सएप चल्नेछैन ।

५. त्यस्तै आइओएस सिक्स तथा आइफोन थ्री जिएसमा भने यसअघि नै ह्वाट्सएप सपोर्ट बन्द भइसकेको छ ।

६. त्यस्तै ब्लाकबेरी अपरेटिंग सिस्टम तथा ब्लाकबेरी टेनमा पनि ह्वाट्सएप चल्ने छैन । यद्यपि, PRIV, DTEK50, KEYone तथा KEY2 का ब्लाकबेरी फोनमा चाहिँ ह्वाट्सएप चल्नेछ ।

एजेन्सीको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!