यी हुन् उत्कृष्ट सेल्फी क्यामरा भएका स्मार्टफोन, पहिलो नम्बरमा कुन छ ? हेर्नुहोस्

Posted on: 25 Jan, 2019

बजारमा रहेका स्मार्टफोन मध्ये कुन स्मार्टफोनको सेल्फी क्यामरा सबैभन्दा उत्कृष्ट छ त ? हालै एक रिपोर्टले स्मार्टफोनको सेल्फी क्यामराको उत्कृष्टताको सूची सार्वजनिक गरेको छ ।

स्मार्टफोन क्यामराको परीक्षण तथा सूचिकरण गर्ने डिएक्स ओ मार्क इमेज ल्याब्सले सबैभन्दा उत्कृष्ट फ्रन्ट क्यामरा भएका स्मार्टफोनको सूचि सार्वजनिक गरेको छ ।

जस अनुसार गुगल पिक्सेल थ्री र सामसुङ ग्यालेक्सी नोट नाइन सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोनको सूचिमा संयुक्त रुपमा पहिलो नम्बरमा परेका छन् । यी दुबै स्मार्टफोनले ९२ अंक पाएका छन् ।

सूचीमा शाओमीको एम आइ मिक्स थ्री तेश्रो नम्बरमा रहेको छ । जसले ८४ अंक पाएको छ । त्यस्तै चौथो नम्बरमा ८२ नम्बर सहित एप्पलको आइफोन एक्स म्याक्स रहेको छ ।

विश्वको नम्बर वान स्मार्टफोन कम्पनी सामसुङको ग्यालेक्सी एस नाइन प्लस सेल्फी क्यामराको उत्कृष्टताको सूचीमा पाँचौँ स्थानमा रहेको छ । यसले ८१ अंक पाएको छ ।

त्यस्तै गुगल पिक्सेल टू छैटौँ, हुवावे मेट ट्वान्टी प्रो सातौँ, ग्यालेक्सी एस एट आठौँ, हुवावे पी २० प्रो नवौँ र एप्पल आइफोन एक्स दशौँ नम्बरमा रहेका छन् ।

कसरी गरिन्छ सूचीकरण ?

डिएक्स ओमार्कका अनुसार सेल्फी क्यामराको उत्कृष्टताको परीक्षणका क्रममा अलग अलग स्थितिमा कम्तीमा १५ सय फोटो तथा २ घण्टाभन्दा बढिको भिडियो रेकर्डिङ गरिएको थियो । मुख्य क्यामराको परीक्षणका लागि अपनाइने विधि नै सेल्फी क्यामराको परीक्षणका लागि प्रयोग गरिएको छ ।

एक्सपोजर, रङ, फोकस, टेक्स्चर तथा फ्लासका लागि छुट्टाछुट्टै मापदण्ड तोकेर अंक दिइएको थियो ।

एजेन्सीको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!