ओपो ए सिरिज २०२० नेपाली बजारमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर्स

Posted on: 23 Sep, 2019

असोज ६, काठमाडौँ | ओपो कम्पनीले नेपाली बजारमा नयाँ मोडलका ए सिरिज २०२० मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ | कम्पनीको लोकप्रिय सिरिजका नयाँ पुस्ताको स्मार्टफोन “एफाइभ २०२०” र एनाइन २०२० स्मार्टफोन बजारमा ल्याएको हो |

यी फोनमा विशेषगरी ब्याट्री, क्यामेरा, डिजाइन र गुणस्तारका हिसाबले बिलकुल नयाँ प्रयोग गरिएको कम्पनीको दाबी छ | लामो समयको परिक्षणपछि बजारमा ल्याइएको र यसलाई उपभोक्ताले मन पराउने बिश्वास लिईएको छ |

‌ओपो ए सिरिज २०२० का स्मार्टफोनमा ५ हजार एमएच क्षमताको ब्याट्री रहेको छ। जसले निरन्तर १९ घण्टा चलाउन मिल्ने र ११ घण्टा एचडी युटुब भिडियो हेर्न सकिने र ७ घण्टा पब्जी खेल्न सकिने कम्पनीले जानकारी दिएको छ |

विशेषगरी अडियो, भिडियो क्वालिटीका लागि राम्रो रहेको कम्पनीको भनाई रहेको छ | त्यस्तै यी फोनमा टिकटक भिडियो खिच्नका लागि अप्टिमाइजेसन गर्न सकिने क्यामेरा प्रविधि भएको, यो सिरिजका स्मार्टफोनमा पछाडीको मुख्य क्यामेरा ४८ मेगापिक्सेलको छ। यसमा चारवटा क्यामेरा रहेका छन् |

फरक आवश्यकता काम लाग्नेगरी चारवटा लेन्स राखिएको छ | मुख्य क्वाड क्यामेरासँगै ८ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स, २ मेगापिक्सेलको मोनो लेन्स, २ मेगापिक्सेलकै पोट्रेट लेन्स छन् | त्यस्तै अपो ए फाइभ २०२० मा अल्ट्रा नाइटमोड लेन्स पनि हुने छ |

विभिन्न रंगमा उपलब्ध हुने यो सिरिजका स्मार्टफोनमा १२८ जिबी मेमोरी हुने छ | तिनवटा कार्ड स्लट भएका यी फोनमा २५६ जिबीको मेमोरी कार्ड पनि राख्न मिल्ने छ | नेपाली बजारमा ८ जिबी रोम र १२८ जिबी र्‍याम भएको एनाइन असोज १४ देखि नेपाली बजारमा उपलब्ध हुने छ। यसको मूल्य ३५ हजार रहेको छ |

त्यस्तै ४ जिबी रोम र १२८ जिबी र्‍याम भएको एफाइभ असोज ७ देखि नेपाली बजारमा उपलब्ध हुने र यसको मूल्य २७ हजार रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!