के तपाई म:म: धेरै खानुहुन्छ ? सावधान !

Posted on: 01 May, 2018

एजेन्सी । बजारमा पाइने धेरै प्रकारका परिकारहरु मैदाबाट बनेको पाउँछौं । 

डाक्टरहरुका अनुसार त्यस्ता परिकारहरु खाँदा अनावश्यक तौल बढ्नुका साथै हड्डी पनि खिइन्छ ।  दैनिक मैदाबाट बनेको म:म:  खानु शरीरका लागि खतरनाक हुन्छ  ।

म:म: होस् वा अन्य मैदाबाट बनेको  खानेकुराको साइड इफेक्ट हुन्छ ।  मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ । 

मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ ।

ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ । ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ ।

जुन मानिस नियमित रुपमा मैदाबाट बनेको म:म: वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!