के तपाइँले गर्भनिरोधक चक्की यसरी प्रयोग गर्दै हुनुहुन्छ ? सावधान! ज्यानै जान सक्छ

Posted on: 04 Jul, 2018

टिप्स। यौनको विषयमा उदार र जागरुक बन्न थालेपछि नेपालमा गर्भनिरोधक चक्कीको प्रयोग बढेको छ । पछिल्लो समय पिल्स र निलोकनलाई गर्भनिरोधक चक्कीको रुपमा नेपाली महिलाले बढी मात्रामा प्रयोग गर्ने गरेको पाइन्छ । 

तर, गर्भनिरोधक चक्की खानु पहिला यसको बारेमा जानकारी लिन जरुरी रहेको चिकित्सकहरुले बताएका छन् । गर्भनिरोधक चक्कीको सही तरिकाले प्रयोग गर्दा फाइदा भएपनि गलत तरीकाले प्रयोग भएमा ज्यान समेत जान सक्छ |

पिल्स, निलोकन, डिपो प्रोभेरालगायत गर्भनिरोधकका अस्थाई साधन हुन । जुन २८ वटा चक्की रहेको हुन्छ । २१ दिनसम्म सेतो चक्की र त्यस पछि खैरो रंगको चक्की खानुपर्ने हुन्छ । 

गलत प्रयोग गर्दा ज्यान जान सक्छ

– गर्भनिरोधक खाने चक्कीको मुख्य काम भनेको गर्भ रहनको लागि अण्डा बन्न नदिनु हो । अण्डा बन्नलाई दबाउने काम खाने चक्कीले गरिरहेको हुन्छ ।

–यदी सम्बन्धित दम्पत्तिमा सन्तान जन्माउने चाहना छ भने चक्की खान छाडेको ३ महिना पछि अण्डा राम्रोसँग बन्छ । कसैको ६ महिनासम्म पनि लम्बिन सक्छ । 

–खाने चक्की यौनसम्पर्क भएको ४८ घण्टाभित्रमा खाइसक्नुपर्ने हुन्छ । यदी सो समयमा खाने चक्की खान बिर्सिए र ४८ घण्टा कटेपछि खाएमा चक्कीले काम गर्दैन । औषधि ढिला खाँदा बच्चा पाठेघरमा नभई ट्यूबमानै बस्ने सम्भावना हुन्छ । बच्चा बस्नु पर्ने ठाँउ पाठेघर तर त्यहाँ नबसेर ट्युबमा बस्दा पछि ट्युब फुट्ने सम्भावना हुन्छ । ट्युब फुटेको खण्डमा ब्लड धेरै बग्ने अनि आमाको ज्यानै पनि जान सक्छ । त्यसैले महिनावारी भएको ५ दिन पछि नियमित चक्की खान शुरु गर्नुपर्छ ।

– अनियमित ढङ्गले चक्की खाँदासमेत महिनावारीमा समस्या हुन्छ । एक महिनामा २ पटकसम्म महिनावारी हुने, रगत धेरै जाने, बच्चा बस्न गाह्रो हुने, पाठेघरमा बच्चा नबसेर गलत ठाउँमा बस्ने, जस्ता समस्याहरु समेत देखा पर्छ ।

औषधि खाँदा पनि बच्चा रहन सक्छ

 चक्की सेवन गरेको २८ दिनसम्म महिनावारी भएन भने चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । खाने चक्की प्रयोग गर्नेको सङ्ख्या मध्ये ०.२३ प्रतिशतलाई औषधि खादा खादै पनि बच्चा बस्ने सम्भावना रहन्छ ।

खाने चक्की यदी नियमित सेवन गर्न सम्भव हुन्न भने गर्भनिरोधक अस्थाई साधनमध्ये कण्डम, कपर्टीजस्ता साधनहरु प्रयोग गर्नुपर्ने हुन्छ। यस्तै सन्तानको रहर पूरा भइसकेका दम्पतीले भने डिपो प्रयोग गर्नु राम्रो मानिन्छ ।

नवविवाहित जोडीले डिपो प्रयोग नगर्दा राम्रो

यस बिषयमा तपाइको प्रतिक्रिया...!