तपाईं कुन महिना जन्मनुभयो ? जन्मेको महिना अनुसार तपाईं कस्तो हुनुहुन्छ थाहा पाउनुस्

Posted on: 28 Jul, 2018

एजेन्सी, तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । जन्मेको महिना अनुसार तपाईं कस्तो हुनुहुन्छ थाहा पाउनुस्ः

. बैशाख महिनाः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।

२. जेठ महिनाः जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ।

३. असार महिनाः यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।

४. साउनः साउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् ।

५. भदौः भदौ महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन्।

६. असोजः यो महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् ।

७. कार्तिकः यो महिनामा जन्मिएका मानिसहरु धनवान्, कम बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् ।

८. मंसिरः यो महिनामा जन्मिएका मानिसहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।

९. पुसः यो महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।

१०. माघः यो महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् ।

११. फागुन: यो महिनामा जन्मिने मानिसहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् ।

१२. चैतः यस महिनामा जन्मिने व्यक्ति दार्शनीक, अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र रिसाहा हुने गर्दछन् ।

कुन बार जन्मेको मान्छेको स्वभाव र भाग्य कस्तो हुन्छ ? 

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

आइतबारः

पुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । स्त्री आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः

पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ । स्त्री सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारः

पुरुष मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ । स्त्री ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः

पुरुष बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ । स्त्री बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः

पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ । स्त्री जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः

पुरुष शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ । स्त्री कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबारः

पुरुष जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ । स्त्री शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!