२०७५ श्रावण २८ गते सोमवारको राशिफल: आज तपाइको दिन शुभ-अशुभ के छ ?

Posted on: 13 Aug, 2018

आजको पञ्चाङ्ग – 

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको २८ गते  सोमवार । 

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको १३ तारिख ।

तथीः दक्षिणायन, वर्षा ऋतु श्रावण शुक्लपक्षको द्वितीया, ११ः१३ बजेपछि तृतीया   ।  

योगः परिध, ०७ः४६ बजेपछि शिव ।

नक्षत्रः  पूर्वफाल्गुनी, २३ः०१ बजेपछि उत्तरफाल्गुनी । 

करणः कौलव ११ः१३ बजे उपरान्त तैतिल । 

चन्द्रमाः  सिंह राशिमा । 

काठमाडौंमा सूर्योदयः ०५ः३३ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः४२ बजे ।

राहुकालः ०७ः११ बजेपछि ०८ः५१ बजेसम्म ।

यात्राः  राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी उत्तर–ईशान दिशाको लागि उपयुक्त । 

आजको राशिफल 

मेष राशिः

ज्ञानशक्ति तथा विद्या बढ्नसक्ने छ । पहिला फुर्ति र पछि पछुतो पर्नसक्ने छ, काम फत्ते नभई व्यक्त नगरेकै राम्रो हुनेछ । मान्छेहरुको झ्यास्सै विश्वास गर्नाले पश्चाताप पर्नसक्ने सम्भावना छ होसियारी अप्नाउनु । संयमपूर्वक स्वाध्याय तथा स्वकार्यरत रहनाले केही उपलब्धि मिल्नसक्ने छ ।  पाँच अङ्क, रातो एवं सेतो रङ्गको प्रयोग गर्नु र भगवान शिवको स्तुति आराधना गर्नु लाभदायक हुनेछ । 

वृष राशिः

दिन धेरै अनुकूल मान्न अल्लि नसकिने खालको रहेको छ । संघर्षको अनुभूति हुनसक्ने ग्रहगोचर परेले आज तपाईँले काम कार्य सम्पादन गर्दा मान्छेहरुले आलोचना गर्नसक्ने वा अपजशको सामना गर्नपर्ने हुनसक्ने छ । हतास मानसिकतालाई संयम गर्ने र धैर्यताको अभ्यास गर्ने गर्नाले दुष्परिणामबाट बच्न मद्दत गर्नेछ । अनिवार्यबाहेकका जनव्यवहारका सवालमा आवश्यकभन्दा बढी सरोकार नराखेकै उचित हुनेछ । चार अंक, सेतो तथा उज्यालो रङ्ग शुभ रहनेछ ।

मिथुन राशिः

दिन आँटिलो एवम् साहसिलो देखिएको छ । पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्नसकिने छ । कामकार्यमा रुचि बढ्ने छ, व्यवसायिक क्षेत्रको विकास हुनेछ । भातृसुख तथा समझदारी बन्ने दिन छ । शुभचिन्तकसँग भेटघाट हुने तथा सहयोग पनि जुट्ने छ ।  प्रतिस्पर्धा जन्य काममा पनि अग्रता हासिल गर्नसकिने छ । तीन अंक र हरियो रङ्गको उपयोग र गौरीशङ्कर भगवानको स्तुति आराधना गर्नु फापसिद्ध रहने छ । 

कर्कट राशिः

अदृष्य रोकावटतथा विरोधाभाष स्थितिको सामना गर्नपर्ने गोचर छ । बोलीवचनले खासै महत्त्व नपाउनसक्ने छ । आर्थिक क्षेत्रमा केही संघर्षको सामना पछि अनुकूल हुनेछ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ । सञ्चित धनको अपव्यय हुनसक्ने छ ख्यालपुर्याउनु होला । दुई अंक, सेतो रंगको प्रयोग र भगवान हनुमानको श्रद्धाभक्ति शुभप्रद रहने छ । 

सिंह राशिः

गोचर केही बाधक अबस्था देखिएको छ । रपनि ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवम् खुशीयालीप्रद रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र कोसेली आदि पनि  मिल्नसक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । एक अङ्क, रातो रङ्गको प्रयोग र हनुमानदेवको उपाशना गर्नु फापकर हुनसक्नेछ । 

कन्या राशिः

प्रतिकूलता बढ्नसक्ने खालको गोचर परेको छ । कामकार्यमा बढी हतार नगर्नु नै बुद्धिमानी हुनेछ अन्यथा खर्च बढ्ने सम्भावना रहनेछ । विषय तथा कार्य नबुझि अघि बढ्नाले पश्चाताप पर्नसक्ने छ, ख्याल गर्नु होला ।  देशविदेशको यात्रा हुनसक्ने छ । दानदातव्य एवं मान्यजनको दर्शनभेट आदिको लागि दिन उपयुक्त रहेको छ । रातो रङ्ग, पाँच अङ्कको उपयोग र भगवान शिवको आराधना गर्नु शुभकर हुनेछ । 

तुला राशिः

प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने दिन छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । प्रेमाभिलाषिहरुको लागि प्रेमसम्बन्ध जोडिनसक्ने छ । दुई अङ्क, सेतो रङ्गको उपयोग एवं भगवान आसुतोषको स्तुति उपाशना फापकर हुनेछ । 

वृश्चिक राशिः

ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । सन्तानको पक्षबाट पनि सन्तोष प्राप्त हुने र अधुरा रहेका केही कामहरुलाई पूरा गर्नसकिने छ । राजनीति एवम् समाजसेवा जन्य कामबाट पनि प्रसिद्धि कमाउन सकिनेछ । भगवान महादेवको भक्तिआराधना गर्नु सुखद हुनेछ । 

धनु राशिः

अबरोध तथा अल्मलको बाबजुत दिनलाई अनुकूल मान्न सकिन्छ । आध्यात्मिक सत्चिन्तन्को वातावरण बन्ने एवम् धार्मिक पक्षप्रति पलाएको नकारात्मक सो“च हटाउने अवसर मिल्ने छ । अपयशजन्य स्थितिलाई सामना गरी परास्त गर्नसकिने छ । रोकिएर रहेका काम अघि बढ्ने र पेशा तथा व्यवसायबाट लाभ हातपर्ने छ । नौ अङ्ग, पहेंलो तथा रातो रङ्ग र विद्वानगुरुजनको आर्शिवाद लिनु शुभकर हुनेछ । 

मकर राशिः

खोजेको काममा अबरोध आउने र बरु महत्त्व नपाएको काम बन्नसक्ने छ । समयको प्रतिकूलतालाई नबुझि जबर्जस्त गर्नाले पश्चातापमा पार्नसक्ने सम्भावना छ, ख्याल गर्नुहोला । आहारविहारमा होसियारी अप्नाउने र फजुलका विषयमा मन नदिने गर्नु नै बुद्धिमानी हुनेछ । आठ अंक, रातो रङ्गको प्रयोग र इष्टदेवको भक्ति बढाउनु हितकर हुनेछ । 

कुम्भ राशिः

जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । यात्राको संयोग जुर्नेछ । पेशा एवम् व्यवसायबाट लाभ हातपार्न सकिनेछ । राजनीति तथा समाजसेवा आदि क्षेत्रमा पनि अनुकूलता देखिएको छ । 

मीन राशि

शारीरिक एवं मानसिक क्षमतामा बृद्धि हुनेछ । आरोग्यता र हिम्मत–क्षमता भने बढ्ने, दैनिकी कामकार्य तथा पेशाको क्षेत्रमा स्वभाविक सफलता एवं लाभ प्राप्त हुनेछ । शुभेच्छुक जनहरुबाट पनि केही काम लिन सकिनेछ । यात्राको पनि विचार योजना हुनसक्नेछ । प्रतिस्पर्धामा तथा विरोधी उपर विजय प्राप्त हुनेछ । राजनीति, समाजसेवाजन्य क्षेत्रमा सकारात्मक परिणाम हातपार्न सकिने छ । 

- ज्यो. दीपक सुवेदी (डबलगोल्डमेडलिष्ट) 

कमलमार्ग, कमलपोखरी (सिटीसेन्टरको पछाडि), काठमाडौं नेपाल ।

०१४४३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८ (दुबै मोबाइल नं.मा भाइबरसमेत) 

ईमेलः [email protected] 

फेसबुकपेजःhttps://www.facebook.com/jyotishdeepakguru

यस बिषयमा तपाइको प्रतिक्रिया...!