सेक्स सम्बन्धि नयाँ तरिका, यस्ता छन् ख्याल राख्नैपर्ने टिप्स

Posted on: 06 Oct, 2018

टिप्स- सेक्स शारीरिक मात्र नभई मानसिक सम्बन्ध पनि हो । सेक्सका समयमा मानसिक रूपमा पनि एकअर्कामा जोडिएको महसुस गरिन्छ । र, त्यो जरुरी पनि छ ।

धेरै अनुसन्धानले बताएअनुसार सेक्स त्यो व्यक्तिसँग आनन्ददायक हुन्छ, जोसँग आफ्नो भावना पनि मिल्छ । पार्टनर तनावमा भएका बखतमा सेक्स सम्बन्ध राख्नु अनुचित मानिन्छ ।

अन्यथा, त्यसले नोक्सान गर्न सक्छ । हालै आएको एउटा अनुसन्धानले त झन् सेक्स सम्बन्धमा ग्याप हुन जरुरी ठानेको छ ।

दैनिक सेक्स सम्बन्धले नोक्सान गर्न सक्ने अनुसन्धानले देखाएको हो । किन त्यस्तो ग्याप जरुरी भएको होला त रु यहाँ त्यसको कारण उल्लेख गरिएको छ ।

हर्मोन सन्तुलित राख्न स् विवाहपश्चात् महिलाको हर्मोनमा परिवर्तन भइरहन्छ । यो परिवर्तन सेक्सुअल सम्बन्धका कारण हुन्छ । यही कारणले शरीरमा कुनै समस्या नआओस् भन्ने चाहने हो भने सेक्समा ग्याप राख्नुपर्दछ ।

दिक्क नहुन रुचाउनु मानिसको स्वभाव नै हो कि ऊ एउटै चीज दोहोरिरहँदा दिक्क हुन्छ । यसैले आफ्नो सम्बन्ध रोमाञ्चक बनाउन चाहने हो भने पनि केही दिनको ग्यापमा सेक्स सम्बन्ध राख्नुपर्छ ।

उक्त ग्यापमा आफ्नो पार्टनरप्रति माया र निकटता महसुस भएपछि पुन: सेक्स सम्बन्ध राख्नुपर्छ । महिनावारीमा यौनसम्बन्धले निम्त्याउने जोखिमबाट जोगिन मासिक धर्मका दौरान विभिन्न समस्या उत्पन्न भएर महिला बिरामी पनि भइराखेका हुन्छन् ।

जुन महिलामा मासिक धर्मका दौरान थोरै मात्र पनि पीडा हुन्छ, उनीहरूले सेक्स सम्बन्ध राख्न हुँदैन । अन्यथा गम्भीर स्वास्थ्यसमस्या निम्तिन सक्छ ।

सेक्सुअल इन्फेक्सनबाट जोगिन कतिपय समयमा मानिसलाई यौनजन्य संक्रमण एसटीडी (सेक्सुअल ट्रान्समिटेड डिजिज) अथवा एसटीआई (सेक्सुअल ट्रान्समिटिड इन्फेक्सन) हुने गर्छ ।

त्यस बेलामा सेक्स सम्बन्ध राख्न हुँदैन । अन्यथा, त्यस किसिमको इन्फेक्सन सेक्स पार्टनरमा पनि सर्न सक्छ । मानसिक अस्वस्थता स् दुईमध्ये एक जना मात्रै पनि मानसिक रूपमा अस्वस्थ भएको वा अधिक चिन्ता, तनाव वा कुनै समस्याबाट गुज्रिरहेको हो भने सेक्स सम्बन्ध राख्न हुँदैन ।

हतार गर्न हुँदैन कतिपय अवस्थामा तत्काल आफूलाई चाहना भयो भन्दैमा सेक्स गर्न हतारिन हुँदैन । पार्टनर यसका लागि राजी छ कि छैन भन्ने जानकारी राखेर मात्र सेक्स सम्बन्ध राख्न पर्छ । आनन्ददायी सेक्स सम्बन्धका लागि दुवैका तर्फबाट पूर्वतयारी आवश्यक छ । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!