फोक्सो स्वस्थ बनाउन के–के खाने ? जानी राखौं

Posted on: 29 Jan, 2019

काठमाडौं | फोक्सो हाम्रो शरीरको महत्वपूर्ण अङ्ग हो । धेरै जसो मानिसहरु फोक्सोको क्यानसर लागेर ज्यान गुमाइरहेका छन् । तसर्थ फोक्सो लाई स्वास्थय राख्नका लागि निम्न खानेकुराहरुमा ध्यान दिनुहोस:

१. मकै

मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ ।

२. अदुवा

अदुवाले फोक्सोमा जम्मा भएका विकारलाई कम गर्छ । चियामा अदुवा हालेर खाने गर्नाले सास ताजा पनि बन्न पुग्छ ।

३. सुन्तला

सुन्तलामा क्रिप्टोसान्थिन भन्ने तत्व पाइन्छ, जसले फोक्सोमा क्यान्सर हुने जोखिम कम गर्छ ।

४. प्याज

प्याजले पनि फोक्सोलाई सफा र स्वस्थ राख्न मद्दत गर्छ । प्याज खानाले विभिन्न खाले रोगबाट बचाउँछ, जसमध्ये फोक्सोको इन्फेक्सन पनि एक हो ।

५् सिस्नु

सिस्नुमा आइरनको मात्रा उच्च हुन्छ जसले इन्फेक्सनको प्रभाव कम गराउछ ।

६. जरीबुटी

सुन्तलाको बोक्रा, युकालिप्टस(मसला), पुदिनाजस्ता जरीबुटीले फोक्सोलाई सफा राख्छन् ।

७. पिस्ता

पिस्तामा गामा–टोकोफेरोल नामक एक प्रकारको भिटामिन–ई पाइन्छ, जसले फोक्सोलाई स्वच्छ राख्छ ।

८. भिटामन सीयुक्त खाना

सुन्तला, कागती, निबुवा, मौसम, गोलभेँडाको जुस, स्ट्रबेरी, भुइँकटहर, आँप, पहेँलो र हरियो भेडेखुर्सानीजस्ता भिटामिन सीयुक्त फलफूल तथा तरकारीले फोक्सोका विकार हटाउने र शरीरमा अक्सिजनको सञ्चार तीव्र बनाउने काम गर्छन् ।

९. लसुन

लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमतालाई बढाउने गर्छ ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!