बैतडीबाट दैनिक ७ जना रोजगारीको लागि खाडी मुलुक उड्दै

Posted on: 22 Aug, 2019

कृष्ण बिष्ट | भदौ ५, बैतडी | बैतडीका स्थानिय तहहरुले स्वारोजगार मुलक कार्यक्रमहरु ल्याएको दाबी गरिरहेका बेला बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । क्षमता र दक्षताका आधारमा स्थानिय स्तरमा कुनै रोजगारीको अवसर नभएपछि बैतडीबाट रोजगारीको लागि बैदेशिक रोजगारमिा जाने युवाहरुको संख्या बढ्दै जान थालेको हो ।  

गत आर्थिक वर्षमा जिल्ला प्रसासन कार्यालयद्धारा २५ सय भन्दा बढिको राहादानी बनाउनका लागि सिफारीस गरिएको छ । जिल्ला प्रसासन कार्यालय बैतडीका अनुसार २ हजार २ सय २४ पुरुष, २ सय ८६ जना महिला गरि २ हजार ५ सय १० जनाको राहादानी बनाउन सिफारिस गरिएको हो ।  जसमध्ये १ हजार ८ सय ४५  जनाले रहादानी पाएको र बाँकी रहेकाहरुले यसै महिना भित्र राहादानी पाइसक्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । यस तथ्याङ्कलाई आधार मान्ने हो भने, प्रति दिन बैतडीबाट रोजगारीको लागि ७ जना खाडी मुलुक जाने गरेको पाइएको छ | 

आर्थिक वर्ष २०७५- ०७६ को भन्दा गत आर्थिक वर्ष (२०७६- ०७७) मा ७ सय भन्दा बढिले राहादानी बनाएको पाइएको छ । आर्थीक वर्ष २०७५ -०७६ मा १८ सय जनाले राहादानी बनाएका थिए । स्था निय स्तरमा रोजगारीका कुनै अवसर नभएपछि वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या प्रति वर्ष बढ्दै जान थालेको छ । दक्षता र क्षमताका आधारमा रोजगारीको कुनै अवसर नभएकोले खाडीमुलुक नै रोज्नु पर्ने बाध्या रहेको पाटन नगरपालिका १० का भुपेन्द्र कुवँरले बताउनुभयो । गाँउमा रोजगार तथा ब्यावसाय गर्नको लागि स्थानिय सरकारले अनुदान तथा प्रोत्साहनका योजनाहरु अगाडी सारेको भएपनि कार्यान्वयनमा नआउदा रोजगारीको लागि खाडी मुलुक रोज्नु पर्ने बाध्याता रहेको कुवँरको भनाइ छ ।  

यता नगरपालिका तथा गाउपालिकालेहरुले भने गाउँमै केहि गर्ने युवाहरुको लागि पशुपालन लगायत अन्य ब्यावासाय गर्ने कार्यक्रमहरु ल्याएको बताइरहेका छन । सरकारले पनि दिगो बिकासका लक्ष्य हासिल गर्न स्थानिय स्तरमा नै समानतामुलक रोजगारीको सुनिश्चितताको अवसरलाई पनि प्राथमिकिकरण गरेको भएपनि कार्यान्वयन नभएको पाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!