सामान किन्न बजार हिँडेकी भागरथीको ७० हजार रुपैयाँ बोकेको झोला महाकाली नदीमा खस्यो

Posted on: 15 Sep, 2023

भदौ २९, बैतडी | बैतडीकी भागरथी बोहराको ७० हजार रुपैया बोकेको झोला महाकाली नदीमा खसेको छ। दशरथचन्द नगरपालिका–२ देहिमाडौं रजुन्डाकी भागरथी बोहराले बोकेको झोला गाडीबाट ओर्लिने क्रममा सडक किनारबाट बिहीवार महाकालीमा खसेको हो।

झुलाघाट बजार जाने क्रममा उनले बोकेको झोला मौराभीरबाट महाकालीमा खसेको हो। केही दिन अघि मात्रै भारतमा रहेका श्रीमानले पठाएका रकम बोकेर बोहरा बिहीबार किराना पसलको सामान किन्न झुलाघाट गएकी थिइन्। गाउँमा किराना पसल सञ्चालन गर्दै आएकी भागरथीले पैसाको झोला महाकालीमा खसेको गुनासो गरेकी छन्।

गाडीबाट ओर्लिने क्रममा साँघुरो सडक किनारबाट भागरथीको झोला भिरबाट महाकालीमा खसेको सशस्त्र प्रहरी बल नेपालको झुलाघाट सीमा पोष्टका इन्चार्ज राजेन्द्रनाथ योगीले बताए। सशस्त्र प्रहरी बलको उद्धार टोलीले महाकाली नदी किनारसम्म खोज गरे पनि झोला पाउन सकेको छैन्।

गाडीबाट ओर्लिने क्रममा साँघुरो सडक किनारबाट भागरथीको झोला भीरबाट महाकालीमा खसेको सशस्त्र प्रहरी बल नेपालको झुलाघाट सीमा पोष्टका ईन्चार्ज राजेन्द्र नाथ योगीले बताए ।

झोला भीरमा अड्केको हुन सक्ने अनुमान गर्दै सशस्त्र प्रहरी बलको उद्धार टोलीले कम्मरमा रसी बाँधेर दुईसय मिटर तल भिर हुँदै महाकाली नदी किनारसम्म खोज पड्ताल गरिए पनि झोला नभेटिएको उनले बताए । झोलामा नगदसहित बिक्रीका लागि हरियो काँक्रासमेत रहेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!