यात्रुवाहक बस दुर्घटनामा पाँच घाइते, दुईको अवस्था गम्भीर

Posted on: 07 Jul, 2017


नरी बडु/असार २३, बैतडी ।  माहाकाली राजमार्ग अन्र्तगत बैतडीको सुर्नया गाँउपालिका- ३ धर्मघर नजिक  वस दुर्घटना हुदा ५ जाना घाईते भएका छन् । 

घाईतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाण्डौँबाट दार्चुतर्फ जादै गरेको उग्रतारा यातायातको बा २ ख ५१७५ नम्वरको बस चिप्लीएर दुर्घटना भएको हो । बस सडकबाट करीब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  घाईते सबैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

घाईते हुनेमा सुर्नया–३ का रामदत्त भट्ट, दोगडाकेदार गाँउपालिका– ६ का हरीसिह कार्की, सोही ठाँउका दिपक लुहार, डोटी गैराका लोकेस बोहरा र जोगबुडाका भरत विष्ट रहेको प्रहरीले जनाएको छ । घाईते मध्ये लोकेस बोहरा र भरत विष्ट को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!