बैतडी जिल्ला अदालतद्वारा ९० प्रतिशत मुद्दा फैसला फर्छैट

Posted on: 12 Jul, 2017

सास/असार २८, बैतडी । जिल्ला अदालत बैतडीले आर्थिक वर्ष २०७३/०७४ मा परेका मुद्दा ९० दशमलव ३६ प्रतिशत फर्छैट गरेको छ ।

यो वर्ष परेका विभिन्न प्रकृतिका ७३ र गत वर्ष फैसला नभएका १० मुद्दा गरी ८३ ममुद्दामध्ये ७५ मुद्दाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार अधिकृत राईभान कुन्जेडाले बताए ।

चार अंश मुद्दा, जवरजस्ती करणी, सरकारी छाप किर्ते, समूहमा दर्ता गरी पाउँ, गाली बेइज्यती एकएक  गरी आठमुद्दा फैसला हुन बाँकी रहेका छन् । छिटो छरितो, सर्वशुलभ न्याय दिन अदालतले विगतका वर्षभन्दामुद्दाको फैसला छिटो गर्न थालेको  श्रेस्तेदार अधिकृत  कुन्जेडाले बताए ।

बुधबार  जिल्ला अदालतमा पत्रकार सम्मेलन गर्दे जिल्ला न्यायाधीश धु्रवकुमार शाहले न्यायालयको पञ्चवर्षिय रणनिति अनुसार समयमै मुद्दाको फैसला गर्ने गरेको जानकारी दिए । बाँकी रहेका मुद्दा पनि आजभोली नै परेकाले अदालती प्रकृया अनुसार अंग नपुगेकाले फैसला हुन नसकेको न्यायाधीश शाहले बताए ।

यो वर्ष सबै भन्दा बढी अंश मुद्दा परेका थिए । अंश मुद्दा ३३ सम्बन्धविच्छेद १० जवरजस्ती करणीका पाँच मुद्दा परेका थिए । गत आर्थिक वर्ष २०७२/०७३ मा ८३ मुद्दा परेका थिए । तीमध्ये ६२ मुद्दा फैसला गरिएको जिल्ला अदालतले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!