बैतडीमा पाँच सय मतदाताद्वारा नामावली दर्ता

Posted on: 23 Jul, 2017


नरी बडु/साउन ८, बैतडी । बैतडी जिल्लामा साउन १ गतेबाट सुरु भएको फोटोसहितको मतदातानामावली अन्र्तगत आईतबार सम्म दिनमा पाँच सय १५ जनाले नामदर्ता गराएका छन् ।

प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले देशैभर फोटो सहितको मतदाता नामावली संकलन गरेसँगै बैतडीमा मतदाता नामावली संकलनगर्न थालिएको हो । 

साउन १५ गतेसम्म  जिल्ला निर्वाचन कार्यालयमा र साउन १६ देखि ३२ गतेसम्म जिल्लाका हरेक स्थानीय तहमा मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकृत माधवप्रसाद फु्यालले बताए 

नेपाली नागरिकताको प्रमाणपत्र लिएका १६ वर्ष पुगेका मतदाताले नामावलीमा नाम लेखाउन सक्ने छन् भने ठेगाना लगायत विवरण त्रुटी भइ सच्याउन सकिने बताएको छ ।

यसअघि बैतडीमा एकलाख २५ हजार २३ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराइ सकेका छन् ।

यो समय जिल्लाका राजनीत दलहरु आफ्ना मतदाताहरुलाई सुरक्षित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न भनि मतदाताहरुलाई प्रचार गरीरहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!