भक्तपुरमा श्रीमतीको हत्यापछि ज्योतिराजले विष पिए

Posted on: 25 Dec, 2016

पुस १०, भक्तपुर । विवाह गरेर २३ वर्ष लामो जीवन बिताएका चाँगुनारायण नगरपालिका–३ छालिङ थापागाउँका ४४ वर्षीय ज्योतिराज थापाले आफ्नी श्रीमती बुना थापाको हत्या गरी आत्महत्या गरेका छन् ।

शनिबार दिउँसो ४० वर्षीया श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेपछि महानगरीय प्रहरी प्रभाव खरिपाटीलाई आफूले श्रीमतीको हत्या गरेको र विष सेवन गरेको जानकारी गराएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए ।

प्रहरीले तत्कालै घटनास्थल पुगेर विष सेवन गरेका थापालाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले बुनाको माइती पक्ष आएपछि साँझ मुचुल्का गरेर शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको जानकारी दिएको छ ।

छोरीको विवाह भइसकेको र छोरा अस्टे«लिया रहेको थापा दम्पत्तिबीच घरायसी कारणबाट हत्या र आत्महत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रसाईंले जानकारी दिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!