राजनीति | भक्तपुर - BKT


भक्तपुर जिसस प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

Posted on June 11, 2022 | views : 186 | भक्तपुर - BKT

जेठ २८, भक्तपुर | जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको प्रमुखमा नेकपा एमालेका इश्वर थापा विजयी भएका छन् । गोला प्रथाबाट उनी जिसस प्रमुखमा विजयी हुन सफल भएका हुन् । उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छिन् ।  जिल्ला समन्वय समितिका लागि यहाँं आठ जना मतदाता थिए । चार वटा नगरपालिकाका प

Read More

जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका नेताकार्यकर्ता छाड्न राप्रपाको माग

Posted on June 03, 2022 | views : 218 | भक्तपुर - BKT

जेठ २०, भक्तपुर | राष्ट्रिय  प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता कार्यकर्तालाई सुनियोजित रूपमा फसाइ नियम विपरीत मुद्दा लगाएर थुन

Read More

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भक्तपुरमा प्रदर्शन

Posted on May 23, 2022 | views : 301 | भक्तपुर - BKT

जेठ ९, भक्तपुर | सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो ।  नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघ भक्तपुरले संयुक्त रूपमा प्रदर्शन तथा सभा ग

Read More

पराजित ढुंगेलले घरैमा पुगेर दिए निर्वाचित थापालाई बधाई

Posted on May 19, 2022 | views : 347 | भक्तपुर - BKT

जेठ ५, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार बासुदेव थापा निर्वाचित भए । कांग्रेसका उम्मेदवार निशान ढुंगेल एमालेका थापासँग पराजित हुन पुगे । तर, मेयरमा पराजिजत ढुंगेलले निर्वाचित थापालाई उनकै घरमा भेटेर बधाई तथा शुभकामना दिएका छन् । जसलाई लोकतान्त्रिक पद्धति, अभ्यासको

Read More

चाँगुनारायणमा नेमकिपाले खाता खोल्यो

Posted on May 18, 2022 | views : 226 | भक्तपुर - BKT

जेठ ४, भक्तपुर | नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुरको चाँगुनारायण नगरपालिकामा पनि खाता खोलेको छ । नगरपालिकाको वडा नं ९ मा उक्त पार्टीले वडा अध्यक्षसहित सम्पूर्ण प्यानलमै विजयी हासिल गरेको हो । वडा अध्यक्षमा गणेश त्यात र सदस्यहरूमा कमला गिरी, सुमित्रा दर्जी, रविन बासुकला र विद्यापति प्वार थ

Read More

चाँगुनारायण नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले

Posted on May 18, 2022 | views : 279 | भक्तपुर - BKT

जेठ ४, भक्तपुर | भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री विजयी भएका छन् । यसअघि एमालेका मेयर सोम मिश्र विजयी भएको यो नगरपालिकामा यस पटक कांग्रेसले मेयर हात पारेको हो । निकतम प्रतिद्वन्दी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै जीवन मेयरमा विजयी भएका हुन् । उपमेयरमा भन

Read More

मध्यपुर थिमिमा ज्वाइँलाई हराएर जेठान मेयर बन्दै

Posted on May 17, 2022 | views : 225 | भक्तपुर - BKT

जेठ ३, भक्तपुर | भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयको नजिक पुगेका छन् । एमालेबाट मेयरमा उम्मेदवारी दिएका मदनसुन्दर श्रेष्ठलाई तीन हजार पाँंच सयभन्दा बढी फरक पारिरहेका सुरेन्द्र विजयी नजिक पुगेका हुन् ।  मध्यपुर थिमि नगरपालिकाकामा जम्मा नौ वडा छन्

Read More

भक्तपुर-६ वडाध्यक्षमा डा. सुवाल विजयी

Posted on May 16, 2022 | views : 275 | भक्तपुर - BKT

जेठ २, भक्तपुर | भक्तपुर नगरपालिका-६ वडाध्यक्षमा डा. हरिराम सुवाल विजयी भएका छन् । डा. सुवाल नेपाल मजदुर किसान पार्टीबाट वडाध्यक्ष बनेका हुन् । सुवाल ३ हजार २ सय २९ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका भूपेन्द्रप्रसाद नेपालीले ३ सय २२ मत पाए । सदस्यमा गोविन्द दुवाल विजयी भएका छन् ।

Read More

ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी

Posted on May 16, 2022 | views : 443 | भक्तपुर - BKT

जेठ २, भक्तपुर | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा कांग्रेसले एमालेका उम्मेदवारलाई पराजित गरेको हो । कांग्रेसका प्रदीप कार्की १ हजार ५११ मत प्राप्त गर्दै विजयी भए । उनको निकटतम प्रतिस्पर्धी एमालेका वि

Read More

भक्तपुरमा नेमकिपाले दुई र कांग्रेसले दुुई वटा खाता खोल्यो

Posted on May 15, 2022 | views : 205 | भक्तपुर - BKT

जेठ १, भक्तपुर | भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)दुई वटा वडामा वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको छ । भक्तपुर नगरपालिका वडा नं १ र ३ मा उक्त पार्टीका उम्मेदवारहरू वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको हो । वडा नं १ को वडा अध्यक्षमा श्यामकृष्ण खत्री र वडा नं ३ को वडा अध्यक्षमा

Read More

भक्तपुरमा कांग्रेसले पहिलो पटक खोल्यो खाता

Posted on May 14, 2022 | views : 468 | भक्तपुर - BKT

वैशाख ३१, भक्तपुर | भक्तपुर जिल्लामा पहिलो पटक नेपाली कांग्रेसले खाता खोलेको छ । जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष पदमा उम्मेदवार बनेका बाबुकाजी डंगोल विजयी भएसँंगै कांग्रेसले खाता खोलेको हो । उनले एक हजार सात सय १० मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेक

Read More

भक्तपुरमा नेपाल मजदुर किसान पार्टी को झण्डै दोब्बर मतले अग्रता

Posted on May 14, 2022 | views : 281 | भक्तपुर - BKT

वैशाख ३१, बुटवल | भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी झण्डै दोब्बर मतले अग्रता लिएको छ । नेमकिपा मेयरका उम्मेदवार सुनिल प्रजापतिले २०१५ मत ल्याएका छन् भने उपमेयर रजनी जोशीले २०१७ मत ल्याएकी छिन् ।  यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार रविन्द्र लामिछाने १५९ मत उपमेयरमा रञ्जना खर्बुजाले

Read More

ओलीले गरे मतदान, भने- देश मूलतः दुई दलीय प्रणालीतर्फ जाने देखियो

Posted on May 13, 2022 | views : 532 | भक्तपुर - BKT

वैशाख ३०, काठमाडौँ | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको सूर्यविनायक–२ स्थित महेन्द्र शान्ति माविबाट मतदान गरेका हुन् । मतदान गर्दै ओलीले अब देश दुई दलीय प्रणालीतर्फ जाने देखिएको बताए । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले भने, ‘एमाले एकातिर, गठबन्धन अर्कातिर । मू

Read More

कांग्रेस पार्टी धोकेबाज भएकाले अब जनताले सजाय दिनुपर्छ : राप्रपा

Posted on April 30, 2022 | views : 302 | भक्तपुर - BKT

वैशाख १७, भक्तपुर | राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाली कांग्रेस पार्टी धोकेबाज भएकाले अब जनताले भोट नदिएर सजाय दिनुपर्ने बताएका छन् ।  राप्रपा जिल्ला समिति भक्तपुरले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय निर्वाचनमा भक्तपुरको चाँंगुनारायण नगरपालिका क्षेत्रमा कांग्रेसले राप्र

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 3815 | भक्तपुर - BKT

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

भक्तपुरमा कांग्रेस र एमालेले टुंग्याए उम्मेदवारी

Posted on April 25, 2022 | views : 321 | भक्तपुर - BKT

वैशाख १२, भक्तपुर | नेपाली कांग्रेस र नेकपा एमालेले भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुंग्याएका छन् ।  कांग्रेसले भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाई मेयरको उम्म

Read More

विवेकशील साझाबाट भरतपुरको मेयरमा युवा इन्जिनियर प्रविन

Posted on April 24, 2022 | views : 287 | भक्तपुर - BKT

वैशाख ११, काठमाडौँ | विवेकशील साझा पार्टीले भरतपुर महानगरपालिकाको मेयर र उपमेयर छनोट गरेको छ । शनिबार बसेको जिल्ला सदस्य भेलाले प्रविन काफ्लेलाई सर्वसम्मत रूपमा महानगरको उम्मेदवारको रूपमा अगाडी सारेको हो।  २८ वर्षीय काफ्ले सन् २०१६ मा भारतको बैंगलोरबाट मेकानिकल इन्जिनीयरिङमा स्नातक सम्पन्न गरी

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 3227 | भक्तपुर - BKT

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

भक्तपुरमा एमालेलाई वडा सदस्यसमेत जित्न नदिने एकीकृत समाजवादी अध्यक्ष बस्नेतको हिसाब

Posted on April 20, 2022 | views : 314 | भक्तपुर - BKT

वैशाख ७, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम वस्नेतले आफूहरुको उम्मेदबारी नेकपा एमालेकाविरुद्ध रहेको बताएका छन् । भक्तपुरबाट एमालेलाई एउटा वडा सदस्य पनि जित्न नदिने उनले दाबी गरे ।  पार्टीले बुधबार भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भक्तपुरका क

Read More

भक्तपुरमा नेकपा एसको आज उम्मेदारी घोषणा

Posted on April 20, 2022 | views : 266 | भक्तपुर - BKT

 वैशाख ७, भक्तपुर | नेकपा एकीकृत समाजवादीले भक्तपुरमा आज उम्मेदवारी घोषणा गर्ने भएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सतारुढ गठबन्धनको नेकपा एसले बुधबार तीन बजे पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्न लागेकाे हाे ।  जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, स्थानीयस्तरमा प्रभुत्व

Read More

ओलीको आरोप- पाँचदलीय गठबन्धन कुहिएको छ

Posted on April 06, 2022 | views : 271 | भक्तपुर - BKT

चैत्र २३, भक्तपुर | एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको पाँचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँडै टुट्ने उनले दाबी गरेका छन् । "जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो," उनले भने, "कुहिएको फल छुट्न

Read More

मतदाताको भावनाअनुसार प्रधानमन्त्री देउवालाई सहयोग गरेँ : नेता सिंह

Posted on January 13, 2022 | views : 647 | भक्तपुर - BKT

पुस २९, भक्तपुर  |  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा मतदाताको भावनाअनुसार आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी सभापतिमा सघाएको बताउनुभएको छ । आज भक्तपुरको सूर्यविनायकमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ को आयोजनामा कार्यालयमा झन्डोत

Read More

भक्तपुरमा फेरि पनि थापा र कवेबीच सभापतिका लागि प्रतिस्पर्धा

Posted on November 27, 2021 | views : 687 | भक्तपुर - BKT

मंसिर ११, काठमाडौं | नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ ।  भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको छ । १३औं महाधिवेशनमा पनि थापा र कवेबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन पक्षका थापाले प्रकाशमान सिंह निकट कवेलाई पर

Read More

भक्तपुरमा एमाले संगठित सदस्यको संख्या साढे ९ हजार

Posted on November 11, 2021 | views : 584 | भक्तपुर - BKT

कात्तिक २५, भक्तपुर | नेकपा (एमाले) १०औँ महाधिवेशनका लागि भक्तपुरमा पनि तयारी तीब्र छ । मंसिर १०-१२ चितवनमा हुने महाधिवेशनका लागि वडा र गाउँ अधिवेशन भइसकेका छन् । भक्तपुर जिल्लाबाट एमाले पार्टी संगठित सदस्यको संख्या ९ हजार ४ सय २७ रहेकाे एमालेले जानकारी दिएकाे छ । एमाले भक्तपुरका अध्यक्ष बचन देउजाका

Read More

भक्तपुरको एकै नगरमा आज ओली, प्रचण्ड र माधवदेखि प्रकाशमानसम्मले सम्बोधन गर्दै

Posted on November 04, 2021 | views : 1249 | भक्तपुर - BKT

कात्तिक १८, काठमाडौं | भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । आ-आफ्नो पार्टीको छुट्टा छुट्टै कार्यक्रमलाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको मध्यपुर थिमि नगर संगठन कमिटीले आयोजना गरेको शुभकामना आ

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 14917 | भक्तपुर - BKT

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 15233 | भक्तपुर - BKT

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 14378 | भक्तपुर - BKT

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More