१३ वर्षीया बालिकालाई पटक-पटक बलात्कार गरेको आरोपमा १ जना पक्राउ

Posted on: 07 Apr, 2024

चैत २५, काठमाडौँ । भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका १ घर भएका २३ वर्षीय अमृत थापा मगर छन् ।

उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अमृतले ती बालिकालाई गत माघ १८ गतेदेखि पटक-पटक बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!