भक्तपुर मालपोतका चार जना कर्मचारीहरु घुस लिँदालिँदै पक्राउ

Posted on: 22 Jul, 2017

साउन ७, भक्तपुर । भक्तपुरको मालपोत कार्यालयका ४ जना कर्मचारीहरु घुससहित पक्राउ परेका छन् । अख्तियारबाट खटिएको टोलीले भक्तपुर मालपोत कार्यालयका अधिकृतसहित चार जना कर्मचारीलाई शुक्रबार साँझ ५० हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भक्तपुर मालपोत कार्यालयका अधिकृत चक्रबहादुर श्रेष्ठ, नायवसुब्बा राजकुमार घिमिरे, नायव सुब्बा दिनेश रेग्मी र खरिदार दुर्गा पोखरल रहेका छन्ला । उनीहरुलाई मध्यपुर नगरपालिका वडा नं ३ कौशलटार चोकमा रहेको वेभ शेकुवा कर्नरमा सेवाग्राहीसँग घुस लिइरहेको समयमा पक्राउ गरेको छ ।

भक्तपुर जिल्ला चाँगुनरायण नगरपालिका वडा नं ७ बागेश्वरीमा रहेको जग्गाको बाटो काटी प्लट मिलान गर्ने क्रममा सबै प्रक्रिया मिलेको भएपनि सेवाग्राहीसँग ५०,००० घुष मागिएको थियो । घुस मागेको सूचना सेवाग्राहीले अख्तियारलाई दिएसँगै अख्तियारको टोली त्यहाँ खटिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!