भक्तपुरमा एक महिला मृत अवस्थामा फेला

Posted on: 21 Jul, 2019

साउन ५, काठमाडौँ  | सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आज एक शव भेटिएको छ । सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । 

पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा चोट लागेको पाइएको जानकारी दिँदै उहाँले शव परीक्षणको रिपोर्टपछि मात्रै हत्या हो कि होइन थाहा हुने उहाँले बताउनुभयो । घटनाको भने प्रहरीले सूक्ष्म अध्ययन शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!