मृत्यु कुरिहेका ति करोडौ मिनिमिनीहरुको आत्मा (फोटो फिचर)

Posted on: 14 Oct, 2018

प्रेम सुनार | असोज २८, बुटवल | हरेक प्राणीहरुमा मानिसको जस्तै मन हुन्छ भन्ने हामीले कहिल्लै सोचेनौं ।  बरु  पशु पन्छि वली दिएर हामीले पुण्य कमाईन्छ भन्ने मात्रै सोच्यौं । बुटवल बजारमा यति बेला दशैंमा बेच्न ल्याईएका   पाठा, खशी बोका च्याङ्ग्रारहरुलाई  मानव आत्माले  हेर्दा हामी आफ्ना जस्तै उनिहरुका पनि बाबु आमा र अरु सन्तान होलान, उनिहरु सदाका लागि छुट्टिनु पर्दाको वियोग पनि उस्तै होला भन्ने लाग्छ  । 

पाल्पा  दोभानका  शेरबहादुर थापाको ‘मिनीमिनी’ले एक छिन आमाको काँख छाड्न मान्दैन्थ्यो  ।  थापाले कलो खुवाउँने बेला सम्म  उनि संग झ्याम्मीए पनि पुन आमा  कै काँखमा लुट्पुटिन जाने मिनिमिनीलाई जबरजस्ती आमाको काँख छुटाएर गत एक ३ दिन  देखि बुटवलको बजारमा टुहुरो चल्ला जस्तै बनाईएको छ । प्याप्या  गदै कराई रहेको  मिनीमिनीको आँखामा आँशु सायद चिसोले मात्र नभएर होला,   आमा प्रतिको विलौनाले पनि  खसेको होला भनेर अड्कल गर्न सकिन्छ ।


हजारौंको संख्यामा उनि जस्ता कलिला मिनीमिनी पाठाहरु आमाको काँख छुटाएर बेच्न ल्याएको देखिन्छ । बृद्ध शेरबहादुरले  आफ्नो  त्यो सानो मिनीमिनीलाई सुम्सुमाउँदै माया त दिई रहेका छन तर  उसलाई बेच्नका लागि ग्राहक  पनि खोजी रहेका छन । आफैले आफ्नो सन्तानलाई जस्तो गास काटेर हुर्काएको मिनीमिनीलाई नचाहेर पनि उनले मृत्युको मुखमा धकेल्दै छन ।

एक चोटी आफु जस्तै प्राणी त्यस मिनीमिनीलाई सोच्ने हो भने  एक छिन आमाको काँख छाड्न नमान्ने उनकी आमाको मन कति धड्के होला ? आमाको काँख छुट्दा  एकदम लाहडे ति मिनीमिनीको मन कति रोए होला ?  उनका पनि दाजु भाई आमा बुवा सबै संग रमाएर मानवहरुले मनाउँने दशै संग रमाउँदै आँगन र दलानमा उफ्रिने मन कति हुँदो हो ?


तर हामी आफु बाहेक अरु   प्राणीको  नाता गोता साईनो र माया ममताको कत्ति ख्याल नगरी उनिहरुको कत्लेआम गर्दै धुमधाम संग दशै मनाउँदै छौं । एउटै शहर बुटवलमा हजारौंको संख्यामा खशी, बोका, च्याङ्ग्रा र कोट–मन्दिरमा  वलि चढाउने स–साना पाठाहरु बेचिदै छ भने देशै भर त्यस्ता प्राणीहरुको गणना गर्ने हो भने करोडौंको संख्यामा उनिहरुको सन्तानको काँखा छुटाउँदै  र कत्तलेआम गर्दै बढो रमाएर दशै मनाउँदै छौं ।

दशैंमा छोरा वा छोरी घर नआएको कि वा केहि बर्ष अघि मृत्यु वरण गरेको आफ्नो सन्तानको यादले बाबु आमाहरुको बिशेषतः दशै तिहार पर्वमा यादले गह भरिन्छ । उनै बाबु आमा जस्तै प्राणी हुन चौपायहरु प्नि तर हामी त्यो कहिल्लै सोचेनौं । नेपालमा बुद्ध धर्मको पकड हुने बेला सम्म यसरी पशु पन्छिको कत्लेआम गरेर दशै मनाईदैन्थ्यो रे ।


पछि हिन्दु धर्म लम्वीहरुले जवरजस्ती शासकहरु मार्फत अनियवार्य घर घरमा वलि दिनु पर्ने प्रथा लादेको बुढा पुरानाहरु बताउँ छन ।  वलि दिएको प्रमाण स्वरुप अनियवार्य घरको भित्तामा रगतका पाँच औलाका छाप लगाउन लगाईन्थ्यो । दहीमा भिजाएको सेतो टिका लगाईदै आएकोमा रगत प्रतिविम्ति हुने रातो टिका लगाउने प्रचलन पनि लादिएको बुढापाकाहरुको भनाई छ । 

तश्वीरहरुमा: बुटवल बजारमा मृत्यु कुरिरहेका उनै खसी बोका-च्याँङ्गा र पाठाहरु  ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!