एउटा देशको वास्तविक कथा 'हैटी'

Posted on: 16 Sep, 2016

हेम चन्द्र राई वम्बुले | 

परिचय

हैटी एउटा ल्याटिन अमेरिकी देश हो । जो क्यरेबियन सि अन्तर्गत पर्दछ । उत्तर अमेरिका महादेसमा अवस्थित यो मुलुक महादीप कै गरिब देस भनेर चिनिन्छ । सत्ताइस हजार सात सय पचास ( २७,७५० ) बकिमि सम्म फैलिएको यो देशको राजधानी हो पोर्ट औ प्रीन्स हो । मुख्य भाषा फ्रेन्च र हैटियन क्रेउले रहेको यो देश प्राकृतिक सम्पदाले हराभरा मान्निन्छ ।

यहाँ एक करोड एक लाख चौध हजार ( १०,११४,००० ) जनसंख्या भएको यो देश ८० % क्याथोलिक क्रीस्चियन , प्रोटेस्टाइलिजम १६ % , इस्लाम ०.०२ % , अन्य ३ % धर्म मान्दछन भने कुनै पनि धर्म नम्मान्ने १ % रहेका छन । क्यरेबियन सागरमा अवस्थित रिपब्लिक अफ हैटीको मुद्रालाई हैटियन गोउड्रे ( HTG ) भन्निन्छ भने त्यहाँ ९५ % मान्छे कालाजाती र ५ % मुलुटो तथा गोरा जातीको बाहुल्य रहेकोे छ । पुर्वमा छिमेकी विकसित मुलुक डोमिनिक रिपब्लिक पर्छ भने पश्चिममा क्युवा तथा क्यरेबियन सागर रहेको छ । सन १८०४ इतिहासमा सर्वप्रथम दास मुक्त काला जातिको यो देश त्यस पछि राजनैतिक अस्थिरताले जर्जर बनायो । स्पेनीस यात्री क्रीस्टोफर कोलम्बसले ५ डिसेम्बर १४९२ मा पत्ता लगाएको यो शुन्दर मुलुक सन १४९२ देखी सन १६२५ सम्म स्पेनले आफ्नो नियन्त्रण राख्यो । तत पश्चात् फ्रान्सेली युद्धका नायक नेपिलियन बोनापर्टले सन १६२५ देखि सन १८०४ सम्म उपनिवेश गरेर आफ्नो अधीनमा राख्यो । दस वटा डिपार्टमेन्टमा बिभाजन गरिएको हैटीमा ४२ एरेन्डिसमेन्टस , १४५ कोमुनेस , ५७१ कोमुनल सेक्सनमा शासन पद्धति रहेकोे छ ।

फ्रान्सको उपनिवेश बाट मुक्त हुन हैटियन रिभोलुसनले व्यापक आन्दोलन सन १७९१ देखी सन १८०४ सम्म १३ शशत्र युद्धमा होमिनु पर्यो । १३ वर्षको युद्धमा फ्रान्सका १८ जना उच्च जनरल साथै पचास हजार ( ५०,००० ) युद्धमा ज्यान गुमाउनु का साथै सवा लाख भन्दा धेरै हैटियनले फ्री हैटीको लागी रगत बगाए । फ्री हैटीको आन्दोलन दबाउन फ्रान्सले तीन कमिस्नर ट्रुपलाई हैटिमा उतारेको थियो । तर स्वाभिमानी हैटियन माथी फ्रान्सको अन्त्यमा हार बेहोर्नु को विकल्प भएन । हजारौंको बलिदानको जगमा गोरा जातिले गरेको काला जाति माथीको रङ्गभेद आन्दोलन इतिहासमा पहिलो पटक १ जनवारि १८०४ मा आएर ल्याटिन अमेरिकी मुलुक हैटी स्वतन्त्र भयो । सन १५ जनवरी १८५९ मा रिपब्लिक अप हैटी घोषणा भएको हैटी पहिला राजतन्त्र मुलुक थियो । रास्ट्रपति बाट शासन ब्यवस्थापन गरेको हैटीले सन २९ मार्च १९८७ मा जारी गरेको संविधान हालसम्म लागू रहेको छ । १७९ सालसम्म फ्रान्सले उपनिवेश लादेको यो मुलुक कोलम्बसले पत्ता लगाएको हैटी १३३ सालसम्म स्पेनले आफ्नो कानुन लगाएको थियो । क्षेत्रफलको हिसाबमा नेपाल भन्दा ५ गुना सानो मुलुक हो । सन २००३ मा सेना भंग भयो त्यो संगै मुलुकमा अर्कोअस्थिर राजनीति सुरु भयो । सेना भंग भए संगै आर्मी चिपको हत्या भयो । आर्मीका सिपाहीहरुले घरघरमा हतियार लिएर फर्किए । जब हतियार लिएर घरमा आएका सेनाहरुले गुट उपगुटमा हतियार लिएर लडाइ सुरु भयो । मुलुकमा बिकासको काम ठप्प हुदै गयो अस्थिरले झन मुलुकमा अर्थतन्त्र तहसनहस भयो कुनै बेला सन २००७ मा मुलुकको एक डिपार्टमेन्ट नै यो बिद्रोहि सेनाको कब्जासम्म हुन पुग्यो । तत्पश्चात सयुक्त रास्ट्रसंघले मिनिस्टा मिसन ( MINISTAH MISSION ) गठन गरेर हाल १७ देशको सेनाले शान्ति सुरक्षा प्रदान गरिरहेका छन । अमेरिका , बेलायत , क्यानडा , नेपाल , फिलिपिन्स , चीन , जापान, दक्षिण कोरिया, पेरु, ब्राजिल, जर्मनी, इजरायल, फ्रान्स, इटाली, अर्जेन्टिना, स्पेन, मेक्सिको लगायत मुलुकका सेनाले मिनिस्टा मिसनमा शान्ति स्थापनार्थ काम गरिरहेका छन ।

हैटीसित आफ्नो सेना छैन । सम्पुर्ण शान्ति सुरक्षाको काम अहिलेसम्म मिनिस्टा मिसनको काधमा रहेको छ । अहिले लागु औसधिको ट्रन्जिट पोइन्ट रूपमा विकसित हैटी राजनैतिकले कहिले पनि स्थायित्व प्रदान गर्न सकेन । सरकार छ तर नाम मात्रै को । जनता छन मुलुकमा बिकास छैन शुन्य , शान्ति छैन गृहयुद्धको जारी छ । बर्सेनि लाखौं हैटियन भोकमरी को शिकार बनेकाछन , कुपोषणले ग्रस्त छ । भुकम्पले तहसनहस मुलुकमा दिनदिनै गरिबीको रेखामुनि छन यहाँका जनता । गतसाल गरिएको ह्युमन डिप्लोमेटिक इन्डेक्समा सम्मिलित गरेको १८२ मुलुकमा हैटी १४५ औं स्थानमा परेको छ । अर्थतन्त्रमा ४० % टिसर्ट , 29 % स्विटर बाहिर बिक्रीवितरण गर्नेगरेको छ । मुलुकमा स्थाई राजनीति अवस्था नभएकोले कुनै ठुलो तथा सानो उद्योगहरु खुल्न सकेको छैन ।

भुकम्प 

हैटीमा पनि नेपालले सन २०१५ अप्रिलमा भोगेको महा भुकम्पको मार १२ जनवरी २०१० दिन स्थानीय समय अनुसार ०४:५३ बेलुकाको समयमा भोग्यो । राजधानी शहर पोर्ट औ प्रीन्स नराम्रो सङ्ग प्रभावित हुनपुग्यो । जहाँ तीस लाख जनता बस्ने गर्छन् । कुनै पनि घर बचेको थिएन । सम्पुर्ण सूचना, सन्चार ठप्प थियो । हैटिको निलो आकाशमा पुरै कालो अन्धकार धुवाँले ढाकेको थियो । त्यो भुकम्पमा तीन लाख सोर्‍ह ( ३,१६,००० ) ज्यान गुमाए । सोर्‍ह लाख ( १६,००,००० ) घरहरु भग्नाशेषमा परिनत भयो । लाखौं मानिसको बस्ती एकाएक मुर्दा शहरमा परिवर्तन भयो करिब ३५ सेकेन्डको सत रेक्टर स्केलको भुकम्पले हैटीलाई झन गरिबी माथी झन गरिबी बनायो । क्यरेबियन सागरले घेरिएको हैटीमा दातृ रास्ट्रको ठुलो सहयोगले राहत बितरण उद्दार कार्यमा बलियो साथ सहयोग मिल्यो । तर अस्थिर राजनीतिले तहसनहस बनेको मुलुक हैटीमा २०० बर्ष पछिको त्यो ठुलो भुकम्प थियो । जुन भुकम्प पछि पुनर्निर्माण कार्यमा सरकारको असक्षमताले मुलुक असफल रास्ट्रको रूपमा विश्व सामु परिचीत हुनपुग्यो ।


अथाह प्राकृतिक सम्पदाले भरिपुर्ण मुलुक हौटी स्थिरता , सक्षम राजनीतिको अभाव , राजनीतिले मुलुक लाई नेतृत्व प्रदान गर्न नसक्नुले अझैसम्म गृहयुद्धको चपेटामा परिरहेको छ । काला जतिहरुको पहिलो स्वतन्त्र मुलुक आज ल्याटिन अमेरिकी सबैभन्दा गरिब मुलुकको नामले चिनिन्छ । विकसित डोमिनिक मुलुकको छिमेकी मुलुक रिपब्लिक अफ हैटी यो अभागी रास्ट्रको रूपमा आजसम्म पनि सन्सारमा परिचीत बनेको छ । यो देशलाई राजनीतिले कहिले पनि नेतृत्व प्रदान गर्न सकेन , अथाह प्राकृतिक सम्पदाले भरिपुर्ण भए पनि कहिले त्यो राजनीतिले हेरेन । अहिलेसम्म शान्ति मिनिस्टा मिसनले शान्ति स्थापनार्था कार्य गरेको भए पनि अझैसम्म गृहयुद्धको अन्त बिकास निर्माणका काम कार्वाही हुन सकेको छैनन् । इतिहासमा ३११ सालसम्म लामो उपनिवेश भोगेर आएको मुलुकमा हजारौं बलिदान बाट आर्जित स्वतन्त्र अहिलेसम्म सम्म पनि हैयियन जनताले स्वतन्त्रको स्वास फेर्न पाएका छैनन् ।

बिकासको अथाह बाटो भए पनि उसको न आफ्नो सेना छ, न गतिलो राजनीति पाटी, राजनैतिक नेतृत्व छ ? घरघरमा २००३ मा सेना भंग गरेर फर्केका सिपाहीहरुको हतियार अझैसम्म जनताको घरघरमा छ । सानो कुरा, वाद बिवादमा पनि हतियार हानाहान हुन्छ अकालमा मृत्यु हुन्छ रगत बग्छ । विकसित मुलुकको बीचमा रहेकोे यो हैटी एक अभागी मुलुक पर्दछ जो अझैसम्म आफुलाई आत्मानिर्भर बनाउन सामर्थ्य बोक्न सकेको छैन । यदि सम्पुर्ण देशको राजनैतिक उच्च नेतृत्व गर्न सक्ने कुनै एक ब्याक्ती हुन्थ्यो भने आजको दिनमा मुलुकलाई विकसित एक अब्बल रास्ट्र बन्ने थियो । आज १७ देशको मिनिस्टा मिसनमा सहभागी सेनाले यो देशको असक्षम सरकार र न्याय प्रेमी , शान्ति प्रेमी जनताको जनधनको , जिउ ज्यानको , मुलुकको सुरक्षा गरिएको छ । जस्मा नेपाली सेनाले पनि यो मिसनमा आफुलाई अब्बल तुलाई रहेको छ । मुलुक हिजो दस बर्षको द्वन्द्वमा फसेर आफ्नो राम्रो छवि नभएको भए पनि शान्ति मिसनमा गएका नेपाली सेनाले नेपाल र नेपालीको उच्च सान " रातो र चन्द्र सुर्य , जङ्गी निशानी झै " अमर राखेका छन ।

नेपाल र हैटीको समानता 

नेपालको क्षेत्रफल १४७,१८१ बर्ग किमि  रहेको छ भने हैटीको २७,७५० बर्ग किमि रहेको छ । नेपाल एक भुपरिभेष्टित मुलुकको भने हैटी समुद्रशीत तीन तिर घेरिएको मुलुक हो । नेपाल जलस्रोतमा विश्वको दोस्रो मुलुक भएकोले जलविद्युत उत्पादन गरेर, पर्यटन प्रवर्द्धन गर्न सक्ने अथाह सम्भावना बोकेको मुलुक हो भने हैटी पनि पर्यटन प्रवर्द्धनको ठुलो सम्भावना बोकेको देश हो । राजनीतिको हिसाबले नेपाल पनि विभिन्न समयमा धेरै आन्दोलन, बलिदान मार्फत आज यहाँ आईपुगेको एक इतिहास कालदेखि नै डटि लड्ने बहादुरको मुलुक हो । भुकम्पले समान दुबै मुलुकलाई पाँच बर्षको फरकमा लर्खराएको मुलुक हुन भने क्षतिको हिसाबले हैटीमा धेरै भयो त्यो हिसाबमा नेपालले कम क्षति बेहोर्नु पर्यो । हैटीमा  १२ जनवरी २०१० मा गएको  बिनासकारी भुकम्पमा तीन लाख सोर्‍ह हजार ( ३,१६,००० ) ज्यान गुमाए , सोर्‍ह लाख भन्दा धेरै घरवारविहीन भए भने नेपालले ११ बैशाख २०७२ मा गरेको भुकम्पले नौ हजार ( ९,००० ) ज्यान जानुको साथै साढे पाच लाख घरवारविहीन बिहिन हुन पुगे । पुनर्निर्माण कार्यमा असक्षम मुलुक घोषणा भएको हैटी हो भने नेपालले  पनि सोही बाटोमा हिडिरहेको अर्को मुलुक हो ।

हैटीमा मिनिस्टा मिसन जुन १७ देशका सेना सयुक्त रास्ट्र संघबाट शान्ति पर्यावरण भैरहेको छ भने नेपाल दसक जनयुद्धको अन्त भएर नयाँ संविधान जारी गरेर पनि पहिचानको आन्दोलनको चपेटामा परेको मुलुक हो नेपाल । यी हैटी शीत धेरै राजनीति पिडाहरु भोगाइको प्राकृतिक बिपत्तिहरु मिलेर पनि अब नेपालले के अब नेपाललाई पनि हैटी नै बनाउने होत ? यो कुरामा अवको युवाहरूलाई यो प्रश्न छ ? के अझै पनि अस्थिर राजनैतिक गर्ने होत यो प्रश्न हालको नेपाली राजनैतिक कर्मीलाई ? इतिहासमा अब्बल मुलुक , प्राकृतिक सम्पदाले हराभरा मुलुक तर एक उच्च नेतृत्व बिहिनले पिल्छिएको मुलुकहरु हुन । नेपाल पनि बिशाल बिकास उन्मुख चीन र भारतको बिचमा रहेर पनि उन्नति र प्रगतिशील राजनैतिक बाटोमा हिड्न सकेको छैन । विश्व बजार ठुलो जनसंख्या भएको मुलुक बिशाल चिन र भारतशीत ५० / ५० प्रतिशतको भाईचारा सम्बन्ध कायम राखेर नेपाल एउटा सम्मुनत समृद्धि तिर जानसक्छ । नेपाल विश्व बाजारको इतिहासलाई हेर्ने हो भने स्वास्तो श्रमिक , कलकारखाना स्थापना गरेर चीन र भारतमा मात्रै निर्यात गर्न सकिएमा मुलुक छिटै समृद्धशाली बन्नेछ । जस्तो कसैले भारतको जयजयकार , कसैले चीनको जयजयकार गएर होइन समग्र मुलुकको हितमा हितैसी , भाईचारा सम्बन्ध , असल छिमेकी , सहयोग , सम्मान बढाउन आजको आवश्यकता हो । यो नै नेपाल नेपालीहरुको लागि भाग्य भविष्य पनि हो । जस्तो हैटीमा पनि विकसित महादेशका सदस्य मुलुक भएर पनि राजनैतिक अस्थिरता मुलुक गरिबीको रेखामुनि नै रहेको छ । यो नै एउटा देश हैटीको वास्तविक कथा हो ।
email : [email protected]
call no : +971527940539
Twitter : hemchandrarai 

यस बिषयमा तपाइको प्रतिक्रिया...!