हङकङमा नेपालीबीच झडप, गोली लागेर २ घाइते (भिडियोसहित)

Posted on: 02 Oct, 2016

असोज १६ , काठमाडौं । हङकङको जोर्डनमा बस्ने नेपालीहरुबीच आइतबार बिहान झडप भएको छ । 

स्थिति तनावग्रस्त भएपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर दुई जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको छ ।

घाइतेहरुको परिचय भने खुलाइएको छैन । घटनाको कारण खुलेको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!