मलेसियामा एक नेपालीको हत्या गरि फालेको आशंका

Posted on: 18 Jan, 2017

माघ ५, मलेसिया | मलेसियाको पेनाङमा सोमबार एक नेपाली मृत भेटिए । मृतकको बारेमा सुरुमा सनाखत हुन सकेन । पछी पत्ता लाग्यो ति नेपाली महोत्तरीका राधेश्याम पाण्डे थिए । 

महोत्तरी जिल्ला सिसहैया कतैया गाविस स्थाई घर भएका पाण्डेको हत्या गरेर पार्कमा फालेको अनुमान गरिएको छ । आइतवार काम सकिएपछि होस्टलमा आएका पाण्डे साँझ सात बजेतिर बाहिरिएका थिए । उनको शव सोमबार बिहान पेनाङको लोरोङ १ पाडाङ नागासारीको पार्कमा भेटिएको थियो ।

शवलाई पोसर्माटमको लागि प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । अनुसन्धानको लागि कम्पनीमा कार्यरत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कम्पनीमा ५१ जना नेपालीहरु कार्यरत छन् । फलामको किलाकाँटी/नट लगायत उत्पादन हुने उक्त कम्पनीमा नेपालीका आलावा अन्य मुलुकबाट पनि कामदारहरु छन् ।

घटनाको सम्वन्धमा नेपाली दूतावासले कन्सुलर खटाइसकेको र वुझेर छिट्टै आवश्यक कदम चाल्ने वताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!